कुम्मायकमा आगलागी हुँदा ५७ लाखको क्षती

Posted on: 27 Jun, 2019

कमल घिमिरे।असार१२।पाँचथर,पाँचथरको कुम्मायक गाउँपालिका ४ तिङ्देनमा आगलागी हुँदा ५७ लाख बराबरको क्षती भएको छ । 

बिहान ६ः३० बजे स्थानिय तिलबिक्रम सम्बाहाम्फेको घरको विद्युत मिटरबक्सबाट सल्किएको आगोले सम्बाहाम्फेको २ तले कच्चि घर र पसल जलेर पुर्ण रुपमा नष्ट भएको छ । सम्बाहाम्फेको किराना पसलका सामन सँगै नगद १ लाख ५० हजार,१० तोला सुन,लता कपडा,अन्नपात जलेर नष्ट हुँदा ५६ लाख ९५ हजार बराबरको क्षती भएको इलाका प्रहरी चौकी यासोकका इन्चार्ज दानबहादुर चौहानले बताउनु भएको छ ।

सम्बाहाम्फेको घर सँगै रहेको लेखनाथ खनालको घरमा पनि आंशिक क्षति पुगेको छ । आङसाराङ प्रहरी,यासोक प्रहरी तथा स्थानियको सकृयतामा करिब ९ बजे आगो नियन्त्रणमा आएको थियो भने फिदिम नगरपालिकाको दमकल आगो नियन्त्रण पश्चात मात्र पुगेको स्थानियले बताएका छन् । घटनास्थल सदरमुकाम फिदिम बाट करिब १८ कि.मी. टाढा रहेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!