युवा निर्माण व्यवसायी कुरुम्बाङ् सम्मानित

Posted on: 17 Aug, 2019

कमल घिमिरे।श्रावण३२। पाँचथर,  सघन शहरी तथा भवन निर्माण आयोजना झापा अन्तर्गतको आ.ब.२०७५।०७६ मा मेची अञ्चल कै गुणस्तरिय कार्य सम्पादन गरेबापत युवा निर्माण व्यवसायी शैलेन्द्र कुरुम्बाङ सम्मानित भएका छन् ।

 निर्दिष्ट समय सीमा तथा तोकिएको ड्रइङ, डिजाइन र स्पेशिफिकेशन बमोजिम  निर्माण सम्पन्न गरेकाले    ए.एस.कन्स्ट्रकसन प्रा.लि.का प्रोपाइटर शैलेन्द्र कुमार कुरुम्बाङलाई  प्रशंसा पत्र सहित सम्मान गरिएको छ ।  झापामा भएको एक कार्यक्रममा आयोजना प्रमुख श्री बिदुर खड्का लगायत कार्यालयका सबै पदाधिकारीहरुको उपस्थितिमा सम्मान गरिएको थियो । उपस्थित सहभागीहरुले आगामी दिनहरुमा समेत जिम्मा लिएका आयोजनाहरु सफल रुपमा सम्पन्न गर्न सुझाएका थिए ।

यस अघिपनि तुम्बेवा गाउपालिकामा निर्माण भएको स्वास्थ्य चौकी समय अगावै निर्माण सम्पन्न गरेको भनी उनको प्रशांसा भएको थियो भने सघन शहरी तथा भवन निर्माण आयोजना झापा बाट इरौटार र कुरुम्बा स्वास्थ्य चौकी समेत एस.ए.एस.कन्स्ट्रकसन प्रा.लि बाट नै निर्माण सम्पन्न भएको थियो । केही महिना अगावै बनेको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग योजना कार्यालय, फिदिम पाँचथरको कार्यालय भवन तथा ल्याब भवन निर्माण कार्य समय अवधि भन्दा ३ महिना अगावै कुरुम्बाङले सम्पन्न गरेका थिए ।  

उक्त सम्मानबाट थप काम गर्ने जोस, जागर, हौसला, प्रेरणा र अझ कर्तव्य निष्ठ भएर काम गर्ने अवसर मिलेको कुरुम्बाङको भनाई छ ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!