पाँचथरमा आगलागी बाट एक बृद्धाको मृत्यु

Posted on: 03 Dec, 2019

कमल घिमिरे।मंसिर१७।पाँचथर, पाँचथरको फालेलुङ गाँउपालिकामा आगलागी हुँदा एक बृद्धाको मृत्यु भएको छ ।

फालेलुङ ३ मेमेङमा घरसँगै जलेर एक ८५ बर्षीया बृद्धाको ज्यान गएको हो  । गएराती अन्दाजी ११ः३० बजे  आगलागीमा परि टंकरानी थाम्सुहाङको ज्यान गएको हो । 

टंकरानीको घरमा आगालागि भएको देखेपछि स्थानीयले नियन्त्रण गर्ने कोशिस गरेका थिए । आगोले ठूलो रुप लिएकाले नियन्त्रणको प्रयास सफल हुन सकेको थिएन ।स्थानीय गणेश थाम्सुहाङका अनुसार आगोले घर खरानी भएपछि टंकरानीलाई खोजि गार्दा उनी पनि जलेर खरानी भएको अवस्थामा भेटिएको हो । 

टंकरानी घरमा एक्लै बस्ने गर्थिन् । जाडोको सिजन भएकाले उनी आगो तापेर रात कटाउने गरेकी थिइन् । आगो ताप्ने क्रममा उनको शरिरमा  आगो सल्कीएपछि घरमा पनि आगो लगेको हुनसक्ने  प्रहरीको अनुमान छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!