पाँचथरमा एक किशोरीमाथि बलात्कार

Posted on: 10 Jan, 2020

पुस २५, पाँचथर |  पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरीमाथि बलात्कार भएको छ | ओछ्यानमा सुतिरहेका बेला झ्यालबाट छिरेर बलात्कार गरेको पिडितको भनाइ छ | बलात्कार गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराजलाइ पक्राउ गरिएको छ |

उनलाई  पक्राउ गरी यौन दुर्व्यवहारमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए |

पीडित किशोरीको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!