नेपालमा कोरोना संक्रमितहरुको अवस्था: प्रदेश, जिल्ला र लिंगको आधारमा

Posted on: 23 Apr, 2020

वैशाख ११, काठमाडौँ | विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना संक्रमण विरुद्ध लड्ने प्रयास नेपालमा पनि जारी छ । यस क्रममा नेपालले ९ हजार ११ जनामा कोरोना संक्रमणको परीक्षण गरेको छ । जसबाट हालसम्म ४५ जनामा कोरोना भाइरस भेटिएको छ । 

नेपालमा पछिल्ला केसहरु बाहेक सुरुवाती केसहरु बिस्तारै कोरोनामुक्त हुने क्रममा छन् । हालसम्म नेपालमा कोरोना संक्रमित मध्ये ७ जना निको भई डिस्चार्ज भएका छन् भने नेपालमा कोरोनाबाट कसैको ज्यान गएको छैन । तर विदेशमा रहेका केहि नेपालीहरुले भने प्रवासमै ज्यान गुमाएका छन् । केहि दिन अघिको रेकर्ड अनुसार विदेशमा ज्यान गुमाउने नेपालीको शंख्या २८ पुगेको थियो । 

नेपालमा सबैभन्दा धेरै कोरोना संक्रमणको केस प्रदेश १ मा देखिएको छ । जहाँ २७ जनामा कोरोना संक्रमण भेटिएको छ । प्रदेश १ को उदयपुर जिल्लामा मात्र २७ संक्रमित छन् । 

त्यसपछि बागमती प्रदेशमा ७ जना, सुदुरपश्चिम प्रदेशमा ५ जना, प्रदेश २ मा ४ जना र गण्डकी प्रदेशमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

जिल्ला अनुसार उदयपुरमा २७ जना, काठमाडौँमा ५ जना, कैलालीमा ४ जना, पर्सामा ३ जना, बागलुङमा २ जना, चितवनमा २ जना, कंचनपुरमा १ र रौतहटमा १ जना कोरोना संक्रमित छन् । 

नेपालमा कोरोना संक्रमणको अवस्थालाई लिंगको आधारमा हेर्दा कुल ४५ जना कोरोना संक्रमित भएकोमा ८ जना महिला रहेका छन् भने ३७ जना पुरुष रहेका छन् । जस मध्ये २ जना महिला र ५ जना पुरुष कोरोना संक्रमण भई निको भएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!