अग्नी पिडित सहयोगार्थ साँस्कृतिक कार्यक्रम गरिने

Posted on: 09 Mar, 2021

कमल घिमिरे।फागुन२५।पाँचथर, ताप्लेजुङको दोभान बजारका अग्नी पिडितको लागी फिदिममा साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ ।

अगामी चैत ७ गते फिदिम मा.वि.को खेलमैदानमा गायक राजेशपायल राई,बादल लिम्बु,निमा लामा, कार्यक्रम सञ्चालक विश्व लिम्बू तथा स्थानिय कलाकारको साथमा साँस्कृतिक कार्यक्रम हुने कुरा पत्रकार सम्मेलन गर्दै बताइएको छ । 

आयोेजकका अनुसार कार्यक्रमबाट उठेको रकम मध्ये खर्च कटाएर ताप्लेजुङको दोभान बजारका अग्नी पिडितको लागी सहयोग गर्नुका साथै विद्यालयका गरिब विद्यार्थीहरुलाई सहयोग गरिने भएको हो । 

साँस्कृतिक कार्यक्रम अघि जिल्ला स्तरिय नकआउट फुटबल प्रतियोगीता समेत हुने भएको छ । फिदिम न.पा.५ मताने स्थित पाँचथर रंगशालामा चैत ४ देखी ७ गते सम्म  १६ टिम सहभागी हुने गरी नकआउट फुटबल प्रतियोगिता हुने पाँचथर रंगशाला व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताले नगद ३० हजार रुपैयाँ,कप मेडल र प्रमाण पत्र पाउनेछन भने उपविजेताले नगद २० हजार रुपैयाँ,कप,मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!