मोटरसाइकल दुर्घटनामा एकको मृत्यु,एक घाइते

Posted on: 30 Apr, 2021

कमल घिमिरे ।बैशाख १७।पाँचथर,  पाँचथरको फाल्गुनन्द गाँउपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।
फाल्गुनन्द गाउँपालिका तीन स्थित मेची राजमार्गको पौवाभञ्ज्याङ देखि राँकेतर्फ गएको बा ८५ प २२८० नम्बरको मोटरसाईकल दुर्घटना हुँदा इलाम आमचोक घर भएका १९ बर्षीय  किरण राईको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ।
 सोही मोटरसाइकलमा सवार फाल्गुनन्द तीन निवासी १८ वर्षीय  अनिता तामाङ सामान्य घाइते भएकी छन्। सडकबाट मोटरसाइकल अनियन्त्रित भएर भिरमा खस्दा राईको घटनास्थलमै मृत्यु भएको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!