सामाजिक काममा सम्वृद्ध पाँचथरको आर्थिक सहयोग

Posted on: 09 Jun, 2021

कमल घिमिरे ।जेठ २६।पाँचथर, जिल्ला अस्पताल पाँचथरमा कोरोना संक्रमित बिरामीको लागि निशुल्क  बितरण गरिदै आएको खानामा समृद्ध पाँचथरले आर्थिक सहयोग गरेको छ।
 स्थानीय सामाजिक व्यक्तिहरु रचना पराजुली, दिपक नेपाल,होम थापा,सन्तोष मोक्तान,उमेश शाहा मिली फ्रेन्ड्स फरएबर नामको समुह बनाई सञ्चालन गर्दै आएको निशुल्क भोजन बितरणमा  सम्वृद्ध पाँचथरले दश हजार रुपैयाँ  आर्थिक सहयोग गरेको हो ।
यसैगरी फिदिम नगरपालिका वडा नं. ४ जोरसालमा आगोलागीबाट घाइते   तथा मृत्यु भएका सापकोटा परिवारलाई सहानुभूति प्रकट गर्दै राहात स्वरुप पाँच हजार रुपैयाँ सम्वृद्ध पाँचथरका अध्यक्ष भुमिका सुब्बा  ले हस्तान्तरण गर्नुभएको हो। सोही अवसरमा पाँचथर समाज काठमाडौंलाई समेत २५हजार १ सय २५ रुपैयाँ  रकम समेत अध्यक्ष  सुब्बाले  हस्तान्तरण गर्नुभएको छ ।
समस्यामा परेका नागरिकहरु तथा संघ संस्थालाई सदैव सहयोग गरिने सम्वृद्ध पाँचथरका उपाध्यक्ष सुर्य कुमार निरौलाले बताउनुभयो  ।
जिल्ला अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुलाई फ्रेन्ड्स फरएबर समुहले पोसिलो खाना,आयुर्वेदिक औषधी, रोग प्रतिरोधात्मक खानेकुराहरु बितरण गर्दै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!