सरकारका जनमुखि कामलाई बाधा ल्याउन राजनीति गर्न थालियोः मन्त्री नेम्वाङ

Posted on: 13 Jun, 2021

कमल घिमिरे । जेठ ३०।पाँचथर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले सप्तकाशी नदिको बीचमा रहेको खुवालुङ ढुंगाको विषयमा भ्रामक प्रचार भएको बताएका छन् । 

रेलवे विभाग, नेपाल रेलवे कम्पनी, नेपाल पानी जहाज कार्यालय र यातायात व्यवस्था विभागका प्रमुखहरुसँगको भर्चुअल बैठकमा नेम्वाङले  ढुंगाको विषयमा गलत प्रचार भइरहेको भन्दै आक्रोश पोखेका छन् । 

किराँती संस्कृति, सभ्यता र मन्धुमसँग जोडिएको उक्त ढुगां सरकारले क्रेन लगाएर फुटाउन लागेको भन्दै केहि विरोधि तत्वहरु भ्रामक प्रचारमा लागेको मन्त्री  नेम्वाङले  बताएका छन् । उनले भने–‘प्रदेश सरकारले समेत उक्त ढुंगा संरक्षका लागि नीति तथा कार्यक्रममा राखेको छ । सरकारका जनमुखि कामलाई बाधा ल्याउन राजनीति गर्न थालिएको छ । ढुंगाको विषयमा कोहि कसैले राजनीति नगर्दा हुन्छ ।’ 

उनले भने–‘सरकारले जलयातायातका लागि कोशीनदिको चतरादेखि भोजपुरसम्मको जलमार्गमा पर्ने उक्त ढुंगालाई संरक्षण गर्छ ।  सरकारले बिचको अवरोध हटाउने भनेको छ । ढुगां हटाउने भनेको हैन संरक्षण गरेर लैजाने हो । ढुंगा संक्रक्षण गर्दै ट्रयाक परिवर्तन हुन्छ ।’

रेल विभाग महानिर्देश प्रमिला देवी बज्राचार्य, नेपाल रेलवे कम्पनीको महाप्रबन्धक गुरु भट्टराई, नेपाल पानी जहाज कार्यालयका प्रमुख विपिन अधिकारी, यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेसँग आज भएको भर्चुअल बैठकमा मार्फत चालु आर्थिका वर्षको आफ्नो कार्यालयमा वित्तिय प्रगति समिक्षा भएको थियो । उनीहरुले आ–आफ्नो कार्यालयको प्रगति विवरण राखेका थिए । साथै कार्यलयमा रहेका समस्या पनि राखेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!