सामाजिक सुरक्षा कोषको विरोधमा पाँचथरका बैँक कर्मचारी

Posted on: 07 Jul, 2021

कमल घिमिरे।असार२३।पाँचथर,कर्मचारीहरुलाइ सामाजिक सुरक्षा कोषमा लैजाने विषयलाई लिएर पाँचथरका बैँकका कर्मचारीहरुले  विरोध प्रदर्शन गरेका छन् । 

सामाजिक सुरक्षा कोषले निजि क्षेत्रका विभिन्न संघ संस्थालाई असार मसान्त भित्र कोषको योजनामा आवद्ध हुन पत्रचार गरेकोले बैँक तथा वितिय संस्थाका कर्मचारीहरुले विरोध गर्दै आएका छन् । योगदानका आधारमा सामाजिक सुरक्षा योजनामा असहमती रहेको भन्दै बैँकर्स एसोसिएसन पाँचथरको आयोजनामा कर्मचारीहरुले मुखमा कालो मास्क लगाइ, व्यानर तथा प्लेकार्ड बोकी चर्को नाराबाजि गरेका थिए । कर्मचारी शोषण बन्द गर, सा.सु. रबैया बन्द गर,समान र सम्मानजनक व्यवस्था लागु गर, विद्यमान विभेदकारी व्यवस्था संशोधन गर जस्ता नारा लगाएर विरोध प्रदर्शन गरेका थिए । 

  आकर्षक सुविधाबाट सरकारले वञ्चित गराएर कोषमा आवद्ध गर्न खोजेकोले विरोध गर्नु परेको बैँकर्स एसोसिएसन पाँचथरका अध्यक्ष रुपेश पर्सैलाले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!