दोभानका अग्नी पिडितले बिमा दावी रकम पाए

Posted on: 23 Sep, 2021

कमल घिमिरे । असोज ७ । पाँथर, ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङको दोभान बजारका अग्नि पीडित बिनिता  किराना पसलको परिवारले इन्स्योरेन्स बापतको दाबी भुक्तानी रकम प्राप्त गरेको छ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड बाट ५८ लाख भन्दा बढी  बीमा बापतको रकम हस्तान्तरण गरेको हो ।

दोभान बजारका अग्नि पीडित बिनिता किराना पसलका प्रोपाइटर लोकेन्द्रबहादुर अधिकारीले बीमा बापत ५८ लाख ९० हजार ५ सय ४० रुपैंया प्राप्त गरेका छन् । लक्ष्मी बैंकबाट कर्जा कारोवार भएको २ महिना नबित्दै आगोले सबै सामान जलेर नष्ट भएपछि लक्ष्मी बैंकले बीमा रकम प्रदान गरेको लक्ष्मी बैंक फुङ्लिङ शाखाका प्रवन्धक युवराज कोइरालाले जानकारी दिएका छन् ।

बिनिता  किराना पसलले ९१ लाख ५० हजारको बिमा गरेको थियो । कार्यक्रममा इलाम प्रतिनिधि प्रदिप दाहाल,फिदिम शाखाका शाखा प्रमुख दुर्गा पोखरेल सहित लक्ष्मी बैंक फुङ्लिङ शाखाका शाखा प्रबन्धकको उपस्तिथिमा कार्यक्रम समापन भएको थियो । गत फागुन १८ गते भएको आगलागिमा परी अधिकारी सहितका ५० घर जलेर नष्ट भएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!