फाल्गुनन्द गोल्ड कपको उद्घाटन खेलमा झापा द्वारा ताप्लेजुङ पराजित

Posted on: 05 Jan, 2019

कमल घिमिरे ।पौष २१।पाँचथर,  पाँचथरको  फिदिममा दशौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ ।पुर्वी पहाडी जिल्लाको उत्कृष्ट प्रतियोगिता मानिएको फाल्गुनन्द गोल्ड कप आगामी पौष ३० सम्म सञ्चालन हुनेछ ।
   आज भएको  उद्घाटन खेलमा झापा–११ ले कर्णसिं सोनाम मेमोरियल क्लब ताप्लेजुङलाई ३-१ गोल अन्तरले पराजित गरेको छ। खेल सुरू भएको सातौं मिनेटमा ताप्लेजुङले १ गोल  गरी खेलमा अग्रता लिएको थियो। पहिलो हाफको ३५ औं मिनेटमा झापा ले गोल  गर्दै खेललाई बराबरी गरेको थियो। त्यस्तै दोस्रो हाफमा झापाले २ गोल  गर्दै जित हासिल गरेको छ। भोलि हुने दोस्रो खेल आयोजक फिदिम स्पोर्टिङ्ग क्लब र मोरङ११ बिच हुने आयोजकले जनाएको छ।  स्थानीय फिदिम उच्च माविको खेल मैदानमा यी दुई टोलीको प्रतिस्पर्धा दिउँसो २ बजेदेखि सुरु हुने आयोजकले जानएको छ ।
       फिदिम स्पोर्टिङ क्लब र  पाँचथर जिल्ला फुटबल संघसँगको संयुक्त आयोजनामा भएको फुटवल प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख रुपैयाँ पाउनेछ । यस्तै विधागततर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्ड, उदीयमान खेलाडी र प्रत्येक खेलको म्यान अफ् द म्याचलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । बेस्ट कोच र सर्वाधिक गोलकर्ताले नगद १५ हजार रुपैयाँ पाउनेछन्  ।
   प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा मोटरसाइकल पाउनेछन् । रुस्लानको मुख्य प्रायोजन रहने प्रतियोगिताको अनुमानित लागत ५२ लाख ७२ हजार पाँच सय ८० रुपैँया रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
प्रतियोगितामा हिमालयन शेर्पा क्लब काठमाडौं, सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौं, त्रिभुवन आर्मी क्लब काठमाडौं, ब्वाइज युनियन क्लब काठमाडौं, जावलाखेल युथ क्लब ललितपुर, सुनसरी–११, मोरङ–११, झापा–११, कर्णसिंह सोनाम मेमोरियल क्लब ताप्लेजुङ र आयोजक फिदिम स्पोर्टिङ क्लब पाँचथर गरी १० टोलीको सहभागिता रहने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष विमलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
  

यस बिषयमा तपाइको प्रतिक्रिया...!