दर्शकको मन जित्दै कमेडी भिडियो 'आम्मै नि!'(भिडियो सहित)

Posted on: 16 Oct, 2018

कमल घिमिरे।असोज ३०।पाँचथर,  पाँचथरमा निर्माण गरी युट्युब मार्फत प्रसारण भइरहेको नेपाली कमेडी भिडियो 'आम्मै नि!'लोकप्रिय बन्दै गएको छ ।
समाजमा भएका विक्रिति विसङ्गति हटाइ स्वच्छ समाज निर्माण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त भिडियो ५ भाग सम्म सार्वजनिक हुँदा लोकप्रिय बन्दै गएको सरोकारवालाहरू बताउँछन् । स्थानीय कलाकारहरुको अभिनय यस भिडियोमा हेर्न पाइन्छ । मिडिया कनेक्सन युट्युब च्यानल बाट प्रसारण भइरहेको सो भिडियो केहि समय पछि टेलिभिजनबाट प्रसारण गरिने निर्माण पक्षले बताएको छ।

   प्रेम नेपाल को लेखन तथा कमल घिमिरे को निर्देशनमा बनिरहेको भिडियोमा लेखक निर्देशक द्वय नेपाल र घिमिरे सँगै कुमार ढकाल,टिकाराम अधिकारी,दुर्गा थापा,पारस रसाइली,शुसिला देवान,चेतन घिमिरे,लक्ष्मण तामाङ,राजन रसाइली,सरिस्मा अधिकारी,सुजना मगर,ऋतु योङहाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ भने छायाँकन तथा सम्पादन सञ्जय आचार्यको रहेको बताइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!