मोदी, पातिखोला र अम्बोट खोलाका मोटरेबल पुलमा जोखि बढ्यो

Posted on: 20 Aug, 2020

पर्वत । पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वतखण्डमा पर्ने तीन मोटरेवल पुल जीर्ण बनेका छन् । मोदी गाउँपालिकामा पर्ने मोदीखोला, पातीखोला र अम्बोटे खोलामा पर्ने पुल जीर्ण बनेका हुन ।

समयमा मर्मत नहुदाँ मध्यपहाडी लोकमार्ग पर्ने यी पुलका बीच भागमा खाल्डा र पानी जमेका छन् । सडक डिभिजनकै बेवास्थाका कारण पुल जोखिमा परेका हुन् ।

मध्यपहाडी लोकमार्ग निर्माण हुदाँ तयारी भएका यी पुलको मर्मत कार्य अझसम्म भएको छैन । पुलको बीच भागमै ठूलाठूला खाडल भएका छन् भने पुलका ढलान गरेका फलामहरु बाहिर निस्कन थालेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!