कुलमान हटाउने हल्ला चलेपछि पर्वतका विद्यु्तमाफिया सलबलाए, लाइन झ्यापझ्याप काटिन थाल्यो

Posted on: 10 Sep, 2020

पर्वत । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ यहि भदौ २९ गते चार वर्षे कार्यकाल सकिदैछ । कार्यकाल थपको लागि सामाजिक संजालमा आबाज उठेको छ तर प्रधानमन्त्री केपी ओली स्वयम कुलमानको विपक्षमा उभिएका छन् । उर्जामंत्री वर्षमान पुन र नेकपाका कार्यकारी अध्यक्ष अहिलेको अवस्थाका कुलमानलाई एक कार्यकाल थप गर्नुपर्ने पक्षमा देखिएका छन् ।


 कुलमानको पुर्नबहालीको लागि बहस चलिरहेको बेलामा प्रधानमन्त्री ओली भने उनले आफ्नो प्र्रचार गरेको र सामाजिक संजालबाट सरकारलाई दबाब दिन खोजेको आरोप लगाउँदै पु्र्नबहाली नगर्ने अडानमा छन् । आजको मंत्री परिषदको बैठकमा कुलमानको विषय उठ्ने भएको छ ।


 लोडसेडिङका नाइकेहरु अहिले कुलमानको विपक्षमा उभिएका छन् भने ओलीलाई मनाउने योजनामा लागिरहेको अवस्था छ । कुलमान हटाउने हल्ला चलेसँगै पर्वतमा विद्युत आपूर्तिमा समस्या देखिन थालेको छ । विद्युत माफियाहरु सलबलाएसँगै ४ वर्षदेखि लोडसेडिङ नभएको पर्वतमा विद्यतु आपूर्ति कठिन परिस्थीति बाहेक काटिएको थिएन तर आजभोली जुनकुरी झै विद्युत जाने आउने गर्न थालेको छ ।

पर्वतबासीले कुलमानको बर्हिगमनको हल्लासंगै अहिले विद्युत माफिया सलबलाएको आँकलन गरेका छन् । धौलागिरीमा अहिले विद्युत आपूर्ति सहजरुपमा हुन सकेको छैन । नागरिकहरु कुन बेला लाइन काटिइन्छ ठेगान नभएको र जुनकुरीको झै लाइन आउने जाने गरेको बताउन थालेका छन् ।

उज्यालो नेपालका अभियान्तलाई हटाए देशमा फेरी विद्युतमाफियाहरुको राज चल्ने र अध्यारो युगको शुरुवात हुने सर्वसाधरणले बताउन थालेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!