कुश्मा नगरपालिकाका मेयरको चर्को विरोध, सांकेतिक रुपमा माओवादीले दियो यस्तो दबाब

Posted on: 10 Apr, 2018

चैत २७, पर्वत । कुश्मा नगरपालिकाको कार्यप्रति माओवादी केन्द्र कुश्मा नगरपालिकाले विरोध जनाएको छ । नगरपालिकाभित्र रहेका सडकहरुको स्तरोन्ती गर्नको लागि नगरपालिका उदासिन रहेको भन्दै माओवादी केन्द्रले सांकेतिक विरोध जनाएको हो । 

कुश्मा बजारमा रहेका सडकमा खाल्डाखुल्डीमा गोलो रेखा कारेर माओवादीले विरोध जनाए हो । कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले नगरभित्रका सडकहरुको स्तरोन्ती गर्नको लागि चाँसो नदिएको भन्दै विरोध स्वरुप सडकमा रहेका खाल्डाखुल्डीमा रेखा लगाउने काम भएको मोवादी केन्द्रका नगर संयोजक शंकर गिरीले बताए ।

कुश्मा बजार भित्र सडकमा परेका खाल्डाखुल्डी वरिपरि सेतो घेराउ गरि माओवादी केन्द्र नगर कमिटिले नगरपालिकाका प्रमुख रामचन्द्र जोशीप्रति लक्षित गरी विरोध गरेको हो ।

टुक्रे योजना बजेट बाडफाडको बिरोध, स्थानिय जनप्रतिनिधिले तलब चाहियो भनी आन्दोलनको धम्कीको बिरोध, बजार भित्रको सडक विभिन्न बहाना बनाइ नबनाएकोको बिरोध, सरकारी भवन खाली हुदाहुदै किन भाडाको घरमा नै राखीएको छ सोको बिरोध गरेको हो ।

 त्यस्तै  शिक्षा र स्वास्थय क्षेत्रमा किन कुनै चासो दिइएको छैन सोको बिरोध, माता पार्बतीको जन्मभुमि पर्बत विशेष गरि कुनपा पाङ्ग धार्मिक पर्यटन भित्र्याउने गुरुयोजना र बजेट विनियोजन नगरेका, खेलमैदान बडागाउ चौरमा शसस्त्रलाइ अन्त नै सारी निर्माणमा कुनपा भित्र भएपछि पहल गर्न माग गर्दै विरोध गरेको हो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!