जुलुस निकाल्ने विद्यार्थी नेतालाई पुलिसको सुरक्षा-भिडियो

Posted on: 13 Jun, 2018


पर्वत ।  इन्धनको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला जलाएको छ । देशभर नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो शंख बजाउदै नाराबाजी सहित उनको पुत्ला दोहन गरेको हो ।

विपक्षी कांग्रेससम्वद्ध विद्यार्थी संगठन नेविसंघले मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दै आएको छ । तर, सरकारले नसुनेपछि सोमबार प्रधानमन्त्रीको पुत्ला जलाइएको नेविसंघ पर्वतका आरसी पौडेलले बताए ।

नेविसंघको आयोजनामा प्रधानमन्त्रीको शबनै निर्माण गरी कुश्मा बजार परिक्रमा गरेर दोहन गरिएको थियो । सो क्रममा देशभरमा झडपका खबर आएपनि पर्वतमा भने प्रहरीले तमासा हेरेर बसेको थियो ।

नेविसंघका विद्यार्थी नेता आरसी पौडेलले जुलुसलाई सम्बोधन गर्ने क्रममा उनलाइनै पुलिसको सुरक्षाव्यवस्था गरिएको दृश्यमा देखिन्थ्यो ।
आरसी पौडेलले उक्त जुलुसलाई सम्बोधन गर्दै देउवा सरकारले एक पटक मुल्य बृद्धि गर्दा विरोध गर्ने नेकपाका विद्यार्थी नेता नविना लामा अहिले सांसद भएपछि ओली सरकारको विरोध नगरेर दोहोर चरित्र प्रंदर्शन गरेको आरोप लगाए । उनले ओली सरकारले पाँच पटकसम्म लगातार पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेर नागरिकको ढाड सेक्ने काम गरिरहेको आरोप लगाए ।

उनले आफूहरु सन्तान र प्रधानमन्त्री आफ्नो अभिभावक भएका कारण आफूहरुको समस्याको समधान प्रधानमन्त्री ओलीले गर्नुपर्ने तर्क समेत राखे ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!