प्रधानमन्त्रीलाई नेविसंघको चेतावनी: विद्रोह नै चाहेको भए लड्न आउ (भिडियो)

Posted on: 26 Jun, 2018

असार १२, पर्वत । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विद्रोहनै चाहेको भए, सेना लिएर मैदानमा आउन प्रधानमन्त्री ओलीलाई चेतावनी दिएको छ ।

लगातार पाँच पटकसम्म पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेको सरकारबिरुद्दको बिरोधमा मोटरसाइकल सहितको र्यालीमा नेविसंघ पोखराका नेताले यस्तो अभिव्यक्ति दिएका हुन् ।

विद्यार्थी संगठनले शान्तिपूर्ण रुपमा गरेको आन्दोलनलाई वेवास्ता गरे त्यसको नतिजा नराम्रो हुने समेत नेविसंघ पोखराले जनाएको छ । “किन हान्छौ ओली, महङ्गीको गोली,केपी ओली कान खोल, अब त जनता बोल” नारा लगाउँदै नेविसंघ पोखराले पोखराको महेन्द्रपुलमा जुलुुसपछि कोण सभा गरेको थियो ।

आफूहरुले शान्तिपूर्ण रुपमा सरकारले गरेको गलत निर्णयको विरोध गरेको र शान्तिपूर्ण रुपमा गलतलाई सच्चाउनको लागि ध्यानाकर्षण गरेको तर सरकारले यसलाई बेवास्ता गरे आफूहरु कडारुपमा प्रस्तुत हुने चेतावनी समेत दिएको छ ।

कोणसभामा बोल्दै पोखरा नेविसंघका एक नेताले आफूहरु हिंसा नचाहेको तर सरकारले हिंसाको बाटो चाहेको भए आफूहरु तयार रहेको आसयको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा ति विद्यार्थी नेताले ओली सरकारले, सेना, प्रहरी, शसस्त्र लिएर पृथ्वीनारायण क्याम्पसमा आउनको लागि समेत चेतावनी दिएका छन् ।

यता नेविसंघ पर्वतले पनि हर्न बजाउदै बाइक र्याली निकालेको छ । महङ्गीको विरोध गर्दै चरणबद्ध आन्दोलनमा होमिएको नेविसंघले पर्वतमा पनि विरोध प्रर्दशन गरेको हो ।

भिडियाे हेर्नुहाेस्


यस बिषयमा तपाइको प्रतिक्रिया...!