सासंद पदम गिरीले गर्न थाले झुटको खेती (भिडियो सहित)

Posted on: 14 Jul, 2018

पर्वतका संघीय साँसद एवं नेकपाका यूवा नेता पदम गिरीले काँग्रेसका नेता तथा कार्यकर्ताको मतले आफु बिजयी भएको खुलासा गरेका छन् । पर्वतको मोदीमा आयोजित सडक शिलन्यास कार्यक्रममा बोल्दै गिरीले उक्त कुराको खुलासा गरेका हुन् । उनले काँग्रेसको मत नपाएको भए आफु बिजयी हुन संभव नभएको बताएका हुन् । ‘मलाई ८ हजार काँग्रेसका नेता कार्यकर्ताले भोट दिएको भएर जितेको हुँ,’ उनले भने,‘ नेकपाका कार्यकर्ताहरुको मतले मात्रै मैले जित्न सक्दैनथे । त्यसैले म काँग्रेसका कार्यकर्ताहरुको पनि साँसद हुँ ।’


काँग्रेस भित्रको अन्तरघातको बहष चलिरहँदा पर्वतबाट निर्वाचित साँसद गिरीले खुल्ला मञ्चमै काँग्रेसमा अन्तरघात भएको खुलासा गरेका छन् । उनले काँग्रेसका कार्यकर्ताहरुले इमान्दार पूर्वक मत हालेको स्विकार्दा कार्यक्रममा पूर्व साँसद अर्जुनप्रसाद जोशी पनि मञ्चमै थिए । गिरी जोशीका प्रतिद्धन्दी हुन् । तीन तीन पटक चुनाव जितेका जोशी काँग्रेसकै नेता कार्यकर्ताले अन्तरघात गरेर चुनावमा पराजित भएको गिरीको भनाईले पनि पुष्टि गरेको छ ।


अन्तराघातीलाई कारबाहि नहुँदा र पार्टिमा नेता र कार्यकर्ताहरुमा अनुसासन नहुँदा काँग्रेसले आफ्नो पकेट क्षेत्र पर्वतमा निराश हुनु परेको विश्लेषण भैरहन्छ । तर अन्तरघातीलाई कारबाहि हुन सकेको छैन् । अन्तरघातीलाई कारबाहि गर्न प्रमाण नभएको कारण कारबाहि गर्न नसकेको काँग्रेस नेतृत्वले बताउँदै आएको छ ।



काँग्रेसभित्रको अनुसासनहिनताले वामपन्थी पार्टिलाई फाईदा हुँदै आएको छ । पर्वतका दुबै निर्वाचन क्षेत्रमा काँग्रेसका नेता कार्यकर्ताहरुले अन्तरघात गरेकै कारण चुनावमा पराजित भएको कुरा कसैबाट छिपेको छैन् । स्थानीय निर्वाचनमा समेत अन्तरघातकै कारण अधिकाँश वडा र पालिकामा काँग्रेसले पराजय भोगेको थियो । अहिले वामपन्थी नेतृत्वले काँग्रेसलाई हरेक कुरामा पेलेको पेल्यै छ । चुनावमा अन्तरघात गरेका नेता कार्यकर्ताहरुलाई बल्ल अहिले घातका कारण पछुतो भएको सुन्ने गरिन्छ । पार्टिले यसतर्फ बेलैमा ध्यान दिएर अन्तरघातको रोग निको पार्न कार्यकर्ताहरुले आवाज उठाउँदै आएका छन् ।  


प्रतिनिधी सभा र प्रदेश सभाको चुनावी प्रचारमा सहभागी हुन आउँदा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पर्वतको कुश्मामा रेल ल्याउने घोषणा गरेका थिए । ओलीले केरुङ हुँदै पोखरासम्म आउने रेल पर्वतको कुश्मा हुँदै बेनीसम्म पुग्ने बताएका थिए । ओलीले कुश्मामा रेल स्टेशन बन्ने पनि दावीका साथ भनेका थिए । तर साँसद गिरीले मोदीमा भएको कार्यक्रममा भाषण गर्दै ओलीले पर्वतमा रेल आउने कुरा भन्दै नभनेको जिकिर गरे । पर्वतमा रेल आउँछ भनेर ओलीले भनेको भन्दै विपक्षीहरुले खुराक बनाएको भन्दै गिरीले ओलीले पर्वतमा रेल आउने कुरा नै नगरेको भनेका छन् । तर साँसद गिरीले बान्द्रेविँडीमा ओलीको भाषण सुन्नेलाई समेत वुर्वक बनाएर पर्वतमा रेल आउने कुरा नभनेको जिकिर गरेका छन् ।


गिरी र ओलीले सरकारले जेष्ठ नागरिकलाई यहि बर्ष पाँच हजार सामाजिक सुरक्षाभत्ता पुराउने पनि बताएका थिए  । वर्तमान सरकारले सामाजिक सुरक्षा भत्ता समेत बढाएन् । नेताहरुले भाषण गरेका कुरा चुनाव जितेपछि भुल्दै जाने रोग देखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!