पूर्व सांसद अर्जुन जोशी जलजला पहिरो पीडितको घरमा पुग्दा बर्तमान सांसद पदम गिरी कतै देखिएनन्

Posted on: 19 Jul, 2018

पर्वत । जलजला गाउँपालिकामा आएको पहिरोका कारण क्षती भएको क्षेत्रमा पूर्व सांसद एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशी सो स्थानमा पुगेका छन् । अविरल बर्षासँगै आएको पहिरोका कारण जलजला गाउँपालिकामा ठूलो जनधनको क्षती भएको छ ।

जलजला गाउँपालिका वडा नम्बर ८ लस्तीमा बाढी पहिरोले क्षति पु¥याएका परिवारलाई भेटेर सान्त्वना दिदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले सरकारसँग तत्तकाल राहतको व्यवस्था गर्नको लागि समेत माग गरेका छन् । उक्त घटनाको बारेमा जानकारी पाउँदा साथ सो स्थानमा पुगेका जोशीले जोशीले विपत् कहाँ, कतिबेला आउछ भन्ने थाहा नहुने भएकोले धैर्य, संयम र सचेत भएर सामना गर्नुपर्ने बताएका थिए । उनले मृत्यु भएका विकास परियारको बाबु बमबहादुर र आमा रुपालाई भेटेर छोरा गुमाएकोमा समवेदन दिदै सागर परियारप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गरे ।


काँग्रेस नेता जोशीले बाढी पहिरोबाट क्षति भएका परिवारलाई उद्दार र सहयोगका लागि आफुले सरोकारवाला निकायमा पहल गर्ने बताउदै तत्काल पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग माग पनि गरे ।

तर सांसद पदम गिरीभने अझै पनि कुनै पनि क्षेत्रमा देखिएका छैनन् । गाउँपालिकानै सोक र दुखद घडीबाट गुज्रिएको अबस्थामा पनि बर्तमान सांसद पदम गिरी घटनास्थलमा नभेटिएपछि सामाजिक संजालमा उनको चर्को आलोचना शुरु भएको छ । सामाजिक संजाल एक प्रयोग कर्ताले सांसद पदम गिरीमाथि गम्भीर आरोप समेत लगाएका छन् ।

अर्जुन जोशीलाई १८ बर्ष काम गरेन भनेर भोट भागेर जित्ने तर अहिले विपदमा जनताको घरमा मलम लगाउन नआउने भनी प्रश्न समेत गरेका छन् । ती प्रयोगकर्ताले पदम गिरीलाइ काठमाडौका तारे होटलमा चुस्कीको मस्तीमा रहेको हुनसक्ने आरोप लगाएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!