तानाशाही सरकार खबरदार ! ओली सरकारविरुद्ध पर्वतमा तरुण दलको विशाल जुलुस निस्कियो (भिडियो)

Posted on: 22 Jul, 2018

पर्वत । ओली सरकारविरुद्ध तरुण दल पर्वत सडकमा उत्रिएको छ । शनिबार काठमाडौमा भएकोा शान्ति पूर्ण विरोध प्रर्दशनका ओली सरकारले प्रशासन लगाएर आन्दोलनकारीलाई घाइते बनाएको भन्दै आन्दोलनमा उत्रिएको हो । तरुण केन्द्रिय सदस्य समेत रहेकी पर्वतकी मुना भुषाल घाइते भएकी थिइन । साथै सयौ घाइते भएका थिए ।

तरुण दल पर्वतका अध्यक्ष तोरण मल्ल ठकुरी (राज)ले सरकार दुइ तिहाइ बहुमतको दम्भमा तानाशाही बन्दै गएको बताए । उनले सरकारले इतिहासमै नभएको गलत कार्य गरेका कारण अब काँग्रेसले त्यसको प्रतिबाद गर्ने बताए ।

उनले ओली सरकार प्रेस माथि पनि आक्रमण बन्दै गएको भन्दै सरकारले सवै क्षेत्रबाट नागरिकलाई अधिकारबाट कुन्ठित गर्नको लागि परेको भन्दै त्यसको विरुद्धमा उत्रिने चेतावनी दिए ।
उनले आन्दोलनमा घाइते भएकाहरुको शिघ्र स्वाथ्यलाभको कामना समेत गरेका छन् ।

भिडियो

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!