सांसद पदम गिरीले दिए केपी ओलीलाइ यस्तो सुझाव(भिडियो)

Posted on: 22 Aug, 2018

भदौ ६, पर्वत । प्रतिनिधिसभामा निर्वाचित पर्वतका सांसद पदम गिरीले ओली सरकारलाई सुझाव पेश गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा जनस्वास्थ्य सेवा सम्बन्धको विधेयकमाथि छलफल गर्ने क्रममा उनले ओली सरकारलाइ नागरिकको शिक्षा,स्वास्थ्य र आधाभूत तत्वहरुको ग्यारेण्टी गर्न सुझाएका हुन् ।

मुलुक संघीयताको कार्यान्वयनमा रहेको बेला दोहोरो तेहोरो करको चर्चा चलेको सन्दर्भमा राज्यले नागरिकलाइ शिक्षा, स्वास्थ्य र आधारभूत कुराहरु निशुल्क गर्न सक्ने हो भने नागरिकले ५० प्रतिशत कर तिर्न राजीखुसी हुने उनको तर्क थियो ।

राज्यले नागरिकको आधारभूत अधिकारको ग्यारेण्टि गरोस्, नागरिकको शिक्षा स्वास्थ्यलाई ग्यारेण्टी गरोस् नागरिकले सरकारलाई कर तिर्न गाहे मान्दैन बरु ५० प्रतिशत कर तिर्नको लागि तयार हुन्छन उनले भने ।

भिडियो


यस बिषयमा तपाइको प्रतिक्रिया...!