निर्वाचनपछि गुमनाम भएको नेपाली काँग्रेस शुक्रबार कुश्मामा चियापानमा भेटियो

Posted on: 03 Nov, 2018

पर्वत । स्थानीय तहको निर्वाचनमा झिनो विजयी हासिल गरेर काँग्रेसको शाक जोगाएको नेपाली काँग्रेस पर्वत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भने जिल्लामै लोप हुन पुग्यो ।


बर्षोदेखि पर्वतमा राज गर्दै आएको काँग्रेस एकाएक गुमनामजस्तै बन्यो । लगातार तीन पटक प्रतिनिधिसभामा विजयी भएको पर्वत काँग्रेसलाई संघीयताले भने नराम्रोसँग गलायो । आफ्नो शाक जोगाउन पनि कठिन बनायो ।


जिल्लामो राज गरिरहेका काँग्रेसका नेताहरुलाई पनि संघीय नेपालको निर्वाचनले दुलोभित्र लुक्ने बनायो । आन्तरीक विवाद, किचलो, गुटबन्दी यी नेपाली काँग्रेसले पार्टी भित्र देखिएका समस्या बताउँदै आएपनि नेपाली काँग्रेसलाई गत बर्षको निर्वाचनमा पर्वतबासीले भने खासै मन पराउन भने सकेनन् ।


कारण नेपाली काँग्रेसले भन्दै आएको पार्टीभित्रको गुटबन्दी, नाताबाद, कृपाबाद, मपाइत्व पनि हुनसक्ला तर विगत लामो समय पर्वतलाई आफ्नो छत्रछाँयामा राखेको काँग्रेसबाट जनप्रतिनिधि बनेकाहरुले सोही अनुसारको नागरिकको विश्वासको मत लिन नसक्नु पनि हो । अर्थात् बोलेको पुरा गर्न सकेनन् ।


यो पनि हुन सक्छ । हिजो काँग्रेसलाई टक्टकर दिने कोही पनि थिएनन् वा सक्ने भेटिएन तर पछिल्लो समय बामगठबन्धनसँगै नयाँ जोस र जाँगरले भरिएका उनै नेताको टक्करका नेता उनको सामु उभिए होलान् । वा पर्वतबासीमा अब नेतृत्व फेरौ भन्ने सोच पलायो होला । जे होस् नेपाली काँग्रेसलाई पर्वतबासीले संघीय नेपालमा भने नराम्रो सँग हारको मजा भने चखाए ।


निर्वाचनसँगै गुमनाम जस्तै भएको नेपाली काँग्रेस भने आज (शुक्रबार) कुश्मा बजारमा भेटियो । संघीय गणतन्त्र नेपालको संघीयता लागू भएपछिको पहिलो विजया दशमी, दिपावली, नेपाल सम्बत्, छठ तथा ल्होसारको अबसरमा आयोजना गरेको चियापान कार्यक्रम गरेको हो ।
कार्यक्रममा अन्य विभिन्न राजनीतिक दलका नेताहरुलाई समेत सामेल भएका थिए । निर्वाचनपछि नेपाली काँग्रेस पर्वतले पहिलो पटक जिल्लामा चियापान कार्यक्रमको आयोजना गरेको हो । चियापान कार्यक्रममा पार्टिका नेता तथा कार्यकर्ता, अन्य पार्टिका नेता, सरकारी कार्यालयका प्रमुखहरु लगायत सहभागी भएका थिए ।

शुक्रवार पार्टि कार्यालयमा भएको चियापान कार्यक्रममा बोल्दै नेताहरुले काँग्रेस बर्तमान अवस्था क्रियाशिल बन्नुपर्ने बताए । नेताहरुले सरकारले जनतालाई राहात दिन नसकेको भन्दै प्रतिपक्षी दलको नाताले काँग्रेसले क्रियाशिल भएर जनताको पक्षमा आवाज उठाउनुपर्ने बताए । काँग्रेसले प्रतिपक्षीको भूमिका ससक्त रुपमा गर्नका लागि पार्टिको आन्तरिक संगठन बलियो हुनुपर्नेमा पनि नेताहरुले जोड दिएका छन् ।


त्यस्तै सबै दल एक भएर देश विकासमा लाग्नुपर्ने पनि बताइएको छ । कार्यक्रममा बोल्दै प्रतिनिधीसभा सदस्य एवं नेपाली काँग्रेस पर्वतका पूर्व पार्टि सभापती लालकाजी गुरुङले देशले अहिले निकाश चाहेको र जनताले विकास चाहेको बताउँदै त्यसका लागि प्रतिपक्षी दल काँग्रेस संवेदनशिल रहेको बताए । उनले प्रतिपक्षलाई कमजोर नआँक्न पनि सरकारलाई चेतावनी दिनुभयो । कार्यक्रममा जिल्ला सभापती खिमप्रसाद भुसालले जिल्लाको विकासमा सबैले एकताका साथ काम गर्नुपर्ने बताए ।


साँसद विकास कोषबाट वितरण गरिने ४ करोड रुपैयाँबाट जिल्लाका १२ वटा सामूदायिक क्याम्पसलाई १०÷१० लाखको दरले आीर्थक सहायता दिलाउन माग गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व पार्टि सभापती नवराज गुरुङ, नेकपाका जिल्ला संयोजक भक्त कुँवर , नेपाली काँग्रेसका महासमिति सदस्य ऋषीकेश तिवारी, महासमिति सदस्य बसन्तबहादुर सिके, तरुण दलका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङ, महासमिति सदस्य एवं कुश्मा नगरपालिकाका उपप्रमुख सिताकुमारी काफ्ले लामिछाने, महाधिबेशन प्रतिनिधी राजेन्द्रप्रसाद तिवारी, पूर्व महाधिबेशन जितबहादुर नेपाली, राम शर्मा पौडेल लगायतले बोलेका थिए ।


गाउँपालिका राष्टिय महासंघको कार्यक्रममा सहभागी भएर उपस्थित नहुनुभएका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीको लिखित शुभकामना वाचन गरेर सुनाईएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपसभापती दुर्गाबहादुर खत्रीले गर्नुभएको थियो भने सञ्चालन सचिव विश्वप्रकाश प्रसार्ईले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!