पिताम्बर शर्माको बने फलेवास नगरपालिकाको नेकपा संयोजक

Posted on: 30 Mar, 2019

पर्वत । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेरको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फलेवास नगर कमिटि गठन गरिएको छ ।

शुक्रवार फलेवासमा सम्पन्न भेलाले पिताम्वर शर्माको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा चयन भएको छ । कमिटिको सचिबमा शोभाकुमारी क्षेत्री रहनुभएको छ । जिल्लाका सात स्थानीय तहमध्ये पहिलोपटक फलेवासमा कमिटि टुंगिएको हो ।

भेलामा नेकपाका नेताहरु मनोहर बि पौडेल, मोती पौडेल, देवेन्द्रराज पाण्डे, भक्त कुँवर, पदमपाणी शर्मा, गगन थापा लगायतको सहभागितामा बसेको कार्यदलको बैठकले सर्वसम्मत रुपमा कमिटिको टुंगो लगाएको हो । भेलाको अध्यक्षता संयन्त्र सदस्य मञ्जु अधिकारीले गर्नुभएको थियो ।

यस अघि कुश्मामा सम्पन्न बैठकले जिल्लाका चार स्थानीय तहमा साविक एमाले र तीन स्थानीय तहमा साविक माओवादी केन्द्रको नेतृत्वमा कमिटि गठन गर्ने निर्णय गरेको थियो । जसमा फलेवास, महाशीला, पैंयु र मोदी साविक एमालेको भागमा र कुश्मा, जलजला र विहादी गाउँपालिका साविक माओवादीको भागमा परेको थियो । सोहि अनुसार फलेवासमा नेकपाका नेता पिताम्वर शर्मालाई अध्यक्ष बनाइएको हो ।

यस्तै जिल्लाका अन्य स्थानीय तहहरुमा पनि तत्काल सर्वसम्मत एकता टुंगाउने प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अब केहि दिनमै जिल्लाका स्थानीय तह र वडा समेतमा एकता भैसक्ने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!