नेकपा जलजलाको अध्यक्षमा पूर्वमाओवादीका दिपक आचार्य चयन

Posted on: 02 Apr, 2019

पर्वत । नेकपाको जलजला गाउँपालिकाको अध्यक्षमा पूर्वमाओवादीका दिपक आचार्य (आकाश) चयन भएका छन् । सात स्थानीय तह रहेको पर्वतमा पूर्व एमाले ४ र माओवादीले ३ स्थानीय तहको नेतृत्व लिने सहमति भएको थियो ।

अध्यक्ष पूर्वमाओवादीबाट भएपछि महासचिव पूर्व एमलोबाट हुनेछन् । स्थानीय तहमा ८१ सदस्यीय बनाउने नेकपाले निर्णय गरेको थियो ।


जिल्ला तहको भने टुंगो लागेको छैन । जिल्लाको नेतृत्व पूर्व एमालेको भागमा परेको छ भने महासचिव पूर्व माओवादीको भागमा परेको छ । अध्यक्षको टुंगो प्रदेशले लगाउने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!