प्रचण्डलाई मारेर देशमा विप्लबको जनगणतन्त्र आउँदैन – (भिडियोसहित)

Posted on: 02 Jun, 2019

जेठ १९ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लबले भनेजस्तो जनगणतन्त्र प्रचण्डलाई मारेर नआउने बताएका छन् ।

कुश्मा नगरपालिका ३ दुर्लुङ नमा देव नारायण अक्षयकोषको आयोजनामा विभिन्न क्षेत्रमा योगदान पु¥याउनेलाई पुरस्कार वितरण गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रचण्डलाई मार्नको लागि विप्लबले पहिलो नब्बरमा राखेको भए त्यो गलत हुने बताउँदै उनले शान्ति र सहमतिका आधारमा जनविश्वासका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

विप्लबलाई मारेर लोकतन्त्रको अनुहारमा रगत लत्तपत्ताएर यो देशमा लोकतन्त्र बलियो बन्दैन यो कुरा सिंहदरबारमा बस्ने प्रधानमन्त्री केपी ओलीले बुझ्नुपर्छ काँग्रेस प्रवक्ता शर्माले भने ।

शर्माले देशमा रेल ल्याउन सरकारलाई छुट भएको तर रेल ल्याउने बाहानामा ऋण ल्याउन छुट नभएको बताए । उनले भने “रेल ल्याउ तर ऋण नल्याऊ” ।

एउटै नाम नेकपा एउटै झण्डा रातो रङमा हसिया हथौडा भएको दुई पार्टीमा एउटा सिंहदरवारमा वसेर शासन गर्ने अर्को समाजमा द्धन्द सृजना गर्ने कुन सक्कली कून नक्कली कसरी जनताले थाहा पाउने यो राजनैतिक भ्रम सृजना नगर्न दुवै पक्षलाई आग्रह समेत गरे ।

प्रधानमन्त्रीले अंगालेको नेकपा ठिक हो भने विप्लव आउनु प¥यो विप्लव ठिक हो भने प्रधानमन्त्रीको पार्टी एउटै हो भन्नू प¥यो भन्दै नेकपाको भ्रम र झुटको खेती धेरै नटिक्ने बताए ।

समाजमा योगदान पु¥याउने १ दर्जनभन्दा वढी व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

 


यस बिषयमा तपाइको प्रतिक्रिया...!