एमसीसी राष्ट्रघाती छ –गृहमन्त्री थापा

Posted on: 01 Mar, 2020


महेन्द्र केसी/पर्वत । अमेरिकियन मिलिनियम च्यालेन्ज कपरेसन (एमसीसी) राष्ट्र हित विपरित भएको उपप्रधान तथा गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।

आइतबार पर्वत जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटनका लागि आएका मन्त्री थापाले एमसीसी परिमार्जन  नगरि कार्यान्वयनमा ल्याए देशमाथि नै ठूलो घात हुने बताएका हुन् । एमसीसीमा राखिएका प्रभावधानहरु राष्ट्रघाती छन् त्यसैले जस्ताको तस्तै पारित गर्न सकिदैन उनले भने ।

एमसीसी इन्डोप्यासिफिक अन्तरगतकै रणनीति भएको र चीनलाई घेर्ने रणनीति भएका कारण तत्काल एमसीसी पारित गरे देशमाथि नै ठूलो खतरा हुने उनले बताए ।

मन्त्री थापाले नेकपाभित्र अझै पनि विभेद भएको भन्दै पार्टीले तत्काल नीति परिर्वतन गर्नुपर्ने बताए । उनले महिला नेतृहरुलाई अझै पनि अपमान गरिएको भन्दै नेकपाको विधान नै गलत भएको दाबी गरे ।

प्रशासन भवनको उद्घाटन गर्दैै उनले नागरिकको हित बमोजिम छिटो र तीब्र गतिमा काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले जिल्ला प्रशासन जिल्लाको शान्ति सुरक्षाको व्यवस्था गर्न चुक्न नहुने भन्दै नागरिकलाइ्र्र शान्ति प्रत्याभूति दिलाउने गरी काम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए ।

जिल्ला प्रशासन भवन ६ करोडको लागातमा निर्माण भएको  हो । नयाँ भवनबाट प्रशासनले सेवा संचालन गरेपनि अपाङ्गगता मैत्री नभएको सरोकारवालाहरुले गुनासो गरेका छन् ।

भिडियो


यस बिषयमा तपाइको प्रतिक्रिया...!