फर्केर हेर्दा २०७४ असुरक्षित बन्यो पर्वत, जस्ले शान्ति सुरक्षाको असली रुप देखायो

Posted on: 14 Apr, 2018

वैशाख १, पर्वत । सामाजिक, शान्ति सुरक्षा तर्फ २०७४ साल पर्वतको लागि खासै उपलब्धीमुखि देखिएन । यहि बर्षमा अप्रिय घटनाहरु घटे । जस्ले पर्वत जिल्लाको शान्ति सुरक्षाको असली रुप देखायो ।

बर्षको अन्तिम तिर कुश्मा बजारमै सामुहिक बलत्कारको घटना घट्यो । नेविसंघका विद्यार्थी नेता सहित ३ जना सामुहिक बलत्कारको घटनामा समातिए ।

त्यो घटना सेलाउन नपाउँदै कुश्मा बजारकै बडागाउँमा नाबालक अपहरणको प्रयास भएको घटनाले पनि निकै चर्चा पायो । अपहरणकारी भाग्ने क्रममा भिरबाट लडेर ज्यान गयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लामा गोलीबारुद्धको आतंक मच्चियो । स्थानीय तहको चुनावमा कुश्मा नगरपालिकाका मेयर उम्मेदवार रामचन्द्र जोशीकै घरमा बम त्यो पनि प्रशासन नजिकै भेटियो ।

प्रशासन पछाडि बम फेला पर्यो । आर्मीले डिस्पोज गर्यो। घटनालाई समाम्य बनाइयो । गुपचुप राखियो ।

स्थानीय तहको निर्वाचन सम्पन्न भए लगत्तै नेपाली काँग्रेसका कार्यकर्ताले पाङराङमा एक शिक्षकमाथि खुकुरी प्रहार गरे । शिक्षक शिवबहादुर पाठकमाथि भएको हमलाले उनको टाउकोमा गम्भीर चोट लाग्यो । यो घटनालाई पनि गुपचुपनै राखियो ।

स्थानीय तहकै चुनावको बेलामा विप्लब माओवादीको बम आतंक देशभर थियो । यहि बेलामा पर्वतमा पनि बम आतंक मच्चियो । प्रहरीले अपराधी र घटना घटाउने व्यक्तिभन्दा पहिले समाचार लेख्ने पत्रकारमाथि खनियो । पत्रकार गोपाल जिसीलाई थुनुवा बनाइयो । प्रेस स्वतन्त्रतामाथि दाबा बोलियो ।

जेष्ठ नागरिक खडानन्द पाध्यामाथि ज्यानमार्ने धम्की सहित काँग्रेसकै नेताले फोनमार्फत गालीगलौच गरे । मनपरी भने । जेष्ठ नागरिक पाध्या जिल्ला प्रशासनमा शान्ति, सुरक्षाको माग गर्दै पुगे ।  धम्की दिने फोन नब्बर र व्यक्ति युवराज जोशीको रहेको बुझियो तर कारवाही भएन ।

कुश्मा बजारकै आसपासमा लाखौको चोरी भयो । प्रहरीले केहि साना बालबालिकालाई लाखौ नगद सहित पक्राउ पनि गर्यो तर कुश्मा बजारमा खुकुरी हानहान गर्नेहरुलाई भने उन्मुक्ति दियो । घटनालाई गुपचुप राख्यो । ड्रिमल्याण्ड क्याफेमा भएको खुकुरी हानहान घटनाको बारेमा कुनै कुरा सार्वजनिक गरिएन । प्रहरीले यसलाइ लुकायो । जसका कारण पनि समाजमा  अनेक प्रकारका घटनाहरु घटिरहे ।

जिल्लामा महिला हिंसाका घटनाहरु पनि घटे । प्रमुख जिल्ला अधिकारी राजेश पन्थी पर्वतमा आउँदा साथ हुवासमा भएको एक कार्यक्रममा सहभागी भए तर उनी आफूलाई दलको कार्यकर्ता ठाने र नेपाली काँग्रेसको झण्डामुनि बासबस्न पुगे ।

जिल्लाको शान्ति सुरक्षाको हिसाबले तीन तहको निर्वाचन सामान्य अबस्थामै सम्पन्न भएको देखिएपनि गम्भीर प्रकृतिका घटना भने घटे । महिलाहरु देशभर असुरक्षित रहेको देशको अबस्थाले देखाएको बेला पर्वतमा पनि घटेको घटनाले थप सशंकित तुल्यायो ।

शान्ति सुरक्षा चुस्त बनाउन खोजे पनि यि घटनाहरुले सुरक्षा संयन्त्रको बाघडोर सम्हालेकाहरुलाई भने मज्जाले हिलो छ्याप्यो र गिज्याइ रह्यो । कुश्मा बजारकै आसपासमा भएका यी घटनाहरु जिल्लाका लागि उदाहरण बन्न पुगे । जिल्लाको शान्ति सुरक्षाको असली रुप देखाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!