पर्वतमा आपराधिक घटनाहरु धेरै छन्: प्रहरी उपरिक्षक

Posted on: 20 Apr, 2018

वैशाख ७ पर्वत। पर्वतमा अपराधका घटनाहरु धेरै नै रहेको प्रहरी नायब उपरिक्षक दिलिप घिमिरेले खुलासा गरेका छन् । 


जिल्लाको शान्ति सुरक्षाको अबस्था सामान्य रहे पनि आपराधिक घटना भने धेरै उनले बताएका छन् । जिल्लामा हुने गरेका आपराधिक घटनामध्ये ९९ प्रतिशत घटनामा प्रहरीले सफलता हासिल गरेको उनले दाबी गरे ।

जिल्लामा एक रेडियोलाई दिएको अन्तरबार्तामा उनले जिल्लाको अबस्था अपराधी घटना बढि रहेता पनि प्रहरीको निगरानीका कारण अपराध गर्नेहरु प्रहरीको फन्दामा परेको बताएका छन् ।

जिल्लामा घरेलु मदिराका कारण घरेलु हिंसाका घटनाहरु बढेको समेत उनले दाबी गरे । घरेलु मदिरा नियन्त्रण अभियान अन्तरगत घरेलु मदिरा नियन्त्रण गरे पनि अब त्यसको विकल्पका रुपमा उत्पादन गर्ने व्यक्तिहरुलाई स्थानीय जनप्रतिनिधिहरुसँग समन्यव गरेर अन्य रोजगारीको वातावरण तयार पारी मदिरा उत्पादनलाई व्यवस्थित बनाउने पहल भैरहेको समेत उनले बताए ।

घरेलु मदिरा नियन्त्रणमा स्थानीय बासीको सहयोग र साथ रहेको समेत उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!