पर्वतको कुश्मामा बस दुर्घटना हुँदा १४ घाइते

Posted on: 11 May, 2018

वैशाख २८ फलेवास, पर्वत | पर्वतको कुश्मा नगरपालिका–८ दोबिल्लामा केही बेरअघि भएको बस दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् । 

बागलुङदेखि पोखरातर्फ जाँदै गरेको ग३ख ७७४४ नंको यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार १४ यात्रु घाइते भएका हुन् । 

घाइतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

तीव्र गतिमा रहेको बस एउटै दिशाबाट गएको अर्को बसलाई उछिन्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा परेको बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!