अखिल नेपाल ट्रेड युनियन महासंघले बाँँड्यो युवाबर्षा प्राविलाई शैक्षिक सामाग्री

Posted on: 20 Jun, 2018

पर्वत । कुश्मा नगरपालिका ७ गोदाममा रहेको युवा बर्षा प्राविमा बृहत सरसफाइ सहित शैक्षिक सामाग्री वितरण गरिएको छ ।
अखिल नेपाल ट्रेड युनियन महासंघ र अखिल क्रान्तिकारी विद्यार्थी युनियन कुश्मा नगर कमिटिको आयोजनामा बृहत सरसफाइ तथा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
जिल्ला खानेपानी तथा सरसफाइ डिजिभन कार्यालयको सहकार्यमा बृहत सरसफाइ सहित सरसफाइका सामाग्री, खेलकुद सामाग्री समेत वितरण गरिएको थियो ।

 


ट्रेड युनियन महासंघका अध्यक्ष विक्रम ढुंङ्गना, अखिल क्रान्तिकारी कुनपा नगर सचिव दिपक पुरी, विद्यालयका प्रधानाध्यापक खड्कराज पुरी लगायतले बोलेका थिए ।

अखिल क्रान्तिकारीका नगरसचिव दिपक पुरीले सामुदायिक विद्यालयको शैक्षिक स्तर अभिबृद्धिका लागि सवै लाग्नुपर्ने बताए । उनले शैक्षिक सुधारका लागि सवै लाग्नुपर्नेै बताउँदै आगामी दिनमा पनि यस्तै सहयोग गर्ने प्रतिबद्दता समेत जनाए ।

विद्यालयका प्रधानाध्यापक खड्क पुरीले विद्यालयमा गरिएको सहयोगप्रति धन्यबाद व्यक्ति गरे । उनले आगामी दिनमा पनि यस्तै सहयोग र साथको अपेक्षा गरेको बताए ।
ट्रेड युनियन महासंघका अध्यक्ष ढुङ्गनाको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!