खोलाले बगाउँदा पर्वतमा एक जनाको मृत्यु

Posted on: 19 Jul, 2018

पर्वत /पर्वतमा खोलाले बगाउँदा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । जहरे खोलाले बगाउँदा पर्वतका कुस्मा नगरपालिका ११ का ६० बर्षिय मनिराम बिकको मृत्यु भएको हो । कुस्मा नगरपालिका ११ र १४ नम्बर वडाको बिचमा पर्ने गंगटेमा साँझ ७ बजेको समयमा बिकलाई खोलाले बगाएको हो ।

घर फर्कदै गर्दा खोला तर्न पसेका बिकको शब १ सय मिटर तल भेटिएको स्थानियबासी सुरेन्द्र गौतमले जानकारी दिए । उनको मादक पर्दाथ सेवन गरेर खोला तर्न पसेको बुझिएको छ । खोलाले बगाएको स्थान नजिकै झोलुङ्गे पुल छ । पुल नतरी खोलामाा तर्न खोजेका कारण दुर्घटना भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!