महायज्ञको पाचौँ दिन १ करोड ७० लाख रकम सङकलन

Posted on: 01 Feb, 2017

रानीपानी ,पर्वत, माघ,१९

पर्वतको दक्षीणी भेग रानीपानी गाबिसमा सञ्चालित एक हप्ते धार्मीक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत विराट ज्ञान महायज्ञको चौथो दिन करिब पौने १ करोड ७० लाख  रकम सङकलन भएको  छ ।

रानीपानी ४ निवासी भूपू प्रधानपञ्च तथा यस विद्यालयका संस्थापक स्व. कृष्णलाल पराजुलीकी धर्मपत्नी बालिका पराजुलीको परिवारले १ लाख ५१ हजार १ शय ११, बर्राचौर ६ निवासी होमनाथ पराजुलीको परिवारले  १ लाख २२ हजार २२२, बर्राचौर ७ निवासी यसै विद्यालयका प्रअ भवानी प्रसाद शर्माले १ लाख ११ हजार १ शय ११, रानीपानी ३ निवासी यसै विद्यालयका भूपू प्रअ  स्व. हेमराज पराजुलीको स्मृतिमा  धर्मपत्नी हेम कुमारी पराजुलीको परिवारले  १ लाख १ हजार १११,  रानीपानी ५ हाल चितवन निवासी बद्री पराजुलीले आफ्ना बुबा प. सोमनाथ पराजुलीको नाममा १ लाख १ हजार ५, सोही गाविस वडा नं. ४ निवासी यज्ञ प्रसाद पराजुली र भाइहरुले आफ्ना बुबाआमा स्व. खेमानन्द पराजुली र फूलमाया पराजुलीको स्मृतिमा  १ लाख १ हजार १११, सोही गाबिस वडा नं.९ निवासी काशीराम पराजुलीले  १ लाख १ हजार १ शय ११, बर्राचौर ९ निवासी सुबेदार शिवलाल गिरीले १ लाख १ सय ५१, रानीपानी  १ हाल बेलायतमा रहेकी कमला कुवँरले आफ्नी आमाको स्मृतिमा  १ लाख १०१ , बर्राचौर ६ निवासी मोतीलाल पौडेलको परिवारले ५५ हजार ५ शय ५५, सोही गााविस वडा नं. ९ निवासी सोमनाथ पौडेलको परिवारले ५१ हजार ११, सोही गाविस वडा नं. ७ निवासी मैना नेपालीले ५१ हजार, रानीपानी ७ निवासी यसै विद्यालयका भूपू शिक्षक अभिभावक संघका अध्यक्ष तथा समाजसेवी स्व. विष्णुनाथ शर्माको स्मृतिमा धर्मपत्नी बसुन्धरा पराजुलीको परिवारले ५१ हजार,  सोही गाविस वडा नं. ५ निवासी  हिमलाल नगरकोटीको परिवारले ५१ हजार १ शय, बर्राचौर ९ निवासी श्यामलाल गिरीको परिवारले ५१ हजार १ शय रुपयाँ महायज्ञका लागि सहयोग गरेको महायज्ञ मूल आयोजक समितिका सचिव तथा प्रचार विभागका संयोजक अनिल प्रसाद मास्केले बताउनु भएको छ । उहाँका अनुसार रानीपानी ४ निवासी हाल वालिङ २ भकुण्डे भेनस होटलका सञ्चालक  शिव पराजुलीले हेलिकप्टरबाट महायज्ञस्थलमा पुष्पवृष्टि गराउनु भएको थियो । महायज्ञको पाँचौ दिन निकै सफल र उल्लासमय बनेको प्रतिक्रिया श्रद्धालु भक्तजनहरुले दिएका छन् । आयोजकका अनुसार महायज्ञको सातौँ दिन स्वास्थ्य मन्त्री गगन कुमार थापा आउने र महायज्ञलाई सम्बोधन गर्ने योजना रहेको छ ।       

यस बिषयमा तपाइको प्रतिक्रिया...!