पर्वतमा चट्याङ लागेर २ को मृत्यु ७ घाईते

Posted on: 01 May, 2017

पर्वत : पर्वतको दुई ठाउँमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् । आईतवार साँझ झरी संगै परेको चट्याङले जिल्लाको फलेवास नगरपालिका ११ पाङराङमा २२ वर्षिय विक्रम नेपालीको मृत्यु भएको छ भने महाशिला गाउँपालिका ६ फलामखानीमा ३६ वर्षिय धनकुमारी थापाको मृत्यु भएको हो ।

चट्याङ लागेर नेपालीको पर्वत जिल्ला अस्पतालमा उपचारको शिलशिलामा मृत्यु भएको हो भने थापाको उपचारका लागि ल्याउँदै गर्दा वाटोमै मृत्यु भएको हो । रुखमुनी वसेका नेपालीलाई चट्याङ लागेको थियो भने थापालाई आँगनमा हात धुँदै गर्दा चट्याङ लागेको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर पाङराङका विवेक क्षेत्री, अनिल नेपाली, मनोज नेपाली घाईते भएका छन भने फलामखानीका नन्दु थापा, चन्द्रवहादुर थापा, कमला सुनार र माया सुनार घाईते भएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!