कृषकको दबाबपछि गाउँपालिकाले सच्चायो कदम गाडी किन्ने र बाटो खन्ने बजेट कृषि र पशुपालनमा बिनियोजन

Posted on: 15 Sep, 2017

पर्वत । जलजला गाउँपालिकाले गाउँसभाबाट पारित गरेको बजेटलाई पुनरावलोकन गरेको छ । जलजलाको गाउँ कार्यपालिकाको बिहीबार बसेको बैठकले गाडी किन्ने र बिद्युतका पोल किन्ने तथा सडक निर्माण शीर्षकमा बिनियोजन भैसकेको बजेट पुनरावलोकन गरेर कृषि र पशुपालनमा बिनीयोजन गरेको हो ।

जलजला गाउँपालिकाले कृषिमा १ करोड १० लाख र पशुपालनमा ६३ लाख गरि कृषि र पशुपालनमा १ करोड ७३ लाख बजेट बिनियोजन गरेको छ । यसअघि गाउँसभा हुँदा कृषि र पशु सेवा तर्फको बजेट गाउँपालिकामा गएको बारे जानकारी नभएपछि सडक, बिद्युत र सवारी साधन खरिदमा बिनियोजन भएकोमा यस पटक कृषकहरुको आवाज र सरोकारवाला कार्यालयको आग्रह पछि बजेट पुनरावलोकन गरिएको गाउँपालिका अध्यक्ष रामकृष्ण मल्लले जानकारी दिए । गाउँसभाले आर्थिक बर्ष २०७४÷७५ मा पशुपालन र कृषिमा बजेट बिनियोजन गरेको थिएन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!