‘विहादी र पैयू क्षेत्रको सडककालोपत्रे पहिलो प्राथमिकता’– सांसद गिरी

Posted on: 28 Oct, 2018

१० असोज, पर्वत । जिल्लाको दक्षिणी क्षेत्र पुगेकाप्रतिनिधि समा सदस्य सांसद पदमगिरीले त्यो क्षेत्रको विकासमाआफू लागि परेको बताएकाछन । पैयू गाउँपालिकाको त्रिवेणीबहुउेद्दश्यीय सहकारीको एघारौ साधारण सभाको उद्घाटनशत्रलाई सम्बोधनगर्दै सांसद गिरीले विहादीगाउँपालिका र पैयू गाउँपालिका क्षेत्रको विकासमाआफू गम्भिर रहेको बताएकाहुन ।


कार्यक्रममाबोल्दै सांसद गिरीले जिल्लाले राष्ट्रिय सभाको नेतृत्वगर्ने अवसर पाएकाले पनिजिल्लाको विकास गर्न अव समस्या नरहेको तर्क गरे । उनले दक्षिण क्षेत्रको विकासमाआफूले अगुवाई गर्ने बताउँदै विकास योजनाहरु निर्माणमालागीरहेको भन्दै समय आएपछिति सवै कामहरु देखिने दावी गरे । दक्षिणी क्षेत्रको सडककाकारणविगतलामो समय देखि त्यो क्षेत्रकाबासिन्दाले दुःखपाइरहेको बताउँदै सांसद गिरीले सडककालोपत्रे नै आफूहरुको पहिलो प्राथमिकता रहेको उल्लेख गरेकाहुन ।


सडककालोपत्रे हुँदायात्रा सहजहुने मात्रनभई आर्थिक गतिविधिहरु गाउँमाबढ्नसक्ने भएकाले पनिउक्तकार्यकालागि केन्द्रिय सरकारमापहलगर्ने उनले बताए । कुश्मा देखि लुंखु हुँदै हुवास जोड्ने सडक र वालिङ देखि हुवास हुँदै विहादीजोड्ने सडककालोपत्रेको चरणमा रहेको समेत उनले उल्लेख गरे । कालीगण्डकीकरिडोर अन्तर्गतको विहादी देखि फलेवास हुँदै कुश्माजोड्ने सडकपनि राष्ट्रियप्राथमिकतामा राखेर आफूले कालोपत्रेकालागि समन्वय गरीरहेको उनले कार्यक्रममाउल्लेख गरे ।


कार्यक्रममा पैयू गाउँपालिकाकाअध्यक्ष खगेन्द्र तिवारीले सडककालोपत्रे नहुँदाजनताले दुःखपाइरहेको भन्दै संघिय सरकारले सडककालोपत्रे गर्न ध्यानदिनुपर्ने तर्क गरे । उनले धुलाम्मे सडकहिड्नु पर्ने बाध्यताहटाउने कार्यमा सहयोग गर्न संघिय सरकारकाप्रतिनिधि सांसदको ध्यानाकर्षण गराउँदै स्थानीयतहको पहिलो माग नै सडक रहेको कुरा उल्लेख गरे ।


बचतकर्ता र शेयर सदस्य गरी कुल ८ सय जनाले सेवालिइरहेको उक्त सहकारीले गतआर्थिक बर्षमा ३० प्रतिशतनाफाबोनस वितरण गरेको छ । स्वरोजगार कार्यक्रमबाट ८८ लाखऋणलिएको सहकारीले ३७लाखमात्रचुक्तागर्न बाकी रहेको जनाएको छ । आफ्नै भवनमा सञ्चालनहुँदै आएको सहकारीले ब्यवसायीक कृषकहरुलाई लक्षित गरी ऋणप्रवाहगर्दै आइरहेको सहकारी अध्यक्ष भिमसेन गुरुङले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!