महाशिलामा एक घर एक टनेल अभियान

Posted on: 07 May, 2019


महेन्द्र केसी/ महाशिला गाउँपालिकाले एक घर एक टनेल खेती अभियान चलाएको छ । गाउँपालिलाई तरकारीमा आत्मानिर्भर बनाउनको लागि एक घर एक टनेल खेती अभियान संचालन गरिएको हो ।

गाउँपालिकाले हालसम्म १२५० घरधुरीलाई प्लाष्टिकको टनेल वितरण गरेको छ । महाशिला गाउँपालिकालाई तरकारीमा आत्मानिर्भर बनाउनको लागि एक घर एक टनेल खेती अभियान चलाएको महाशिला गाउँपालिका ५ लुंखुका वडा अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता जीवन ठकुरी उचैले बताए । 

हाम्रो वडाका २५० जनालाई टनेल वितरण भइसकेको छ भने अन्य वडाबासीलाई पनि टनेल वितरण कार्य अगाडि बढेको छ उनले भने । अहिलेसम्म १२५० टनेल वितरण गरेका छौं ठकुरी उचैले भने ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!