राष्ट्रपति रनिङ शिल्ड एवं प्रथम मेयर कपमा गुरुङले भने ‘विकासको जग बसिसक्यो अब गतिलिन्छ’

Posted on: 10 May, 2019

महेन्द्र जिसी

पर्वत, २७ वैशाख । पर्वत गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा विकासको जग बसीसकेको बताएका छन् । फलेवास नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड एवं प्रथम मेयर कप खेलकुद कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले संघीयता कार्यान्वयनको पहिलो वर्ष भएका कारण अनुभवको अभावमा केही अन्योल सृजना भएपनि पुर्वाधारको जग बसिसकेका कारण आगामी वर्ष देखी विकासको गतिले तिब्रता पाउने दाबी गरे ।




मुख्यमन्त्री गुरुङले तीन तहको सरकार सञ्चालन गर्न ऐन नीति र नियम बनाउनुपर्ने भएका कारण पहिलो वर्षमा देखिने गरी विकास हुन नसकेको बताउँदै ऐन नियम विधान सबै बनिसकेका कारण अबका वर्षमा विकासले गति लिने बताए ।


गुरुङले वाईपंखी घोडाको गतिमा गण्डकी प्रदेश अगाडी बढेको भन्दै अहिले सम्म प्रदेश सरकारले एक सय ४३ निित तथा कार्यक्रम बनाईसकेको बताए ।




मुख्यमन्त्रीले गण्डकी प्रदेश जलश्रोतको धनी प्रदेशमा विद्युतको पहुँचमा नपुगेका जनताको लागि कार्यक्रम बनाईएको र गण्डकी प्रदेशमा अझै दश प्रतिशत जनसंख्या खानेपानीको पहुँचमा नपुगेका कारण खानेपानी र विद्युतको क्षेत्रमा कार्यक्रम बनाएर लागु गर्न लागेको पनि जानकारी दिए ।


मानव जिवनमा स्वाथ्य महत्वपुर्ण भएको भन्दै मुख्यमन्त्री गुरुङले स्वाथ्य र शिक्षाका लागि प्रदेशले स्वाथ्य बिमा र शिक्षाका लागि गण्डकी प्रदेश स्तरीय प्राविधिक क्याम्पस सञ्चालनमा ल्याउने चरणमा रहको बताए ।


प्रदेशलाई चाहिने प्राविधि जनशक्ती तयार गर्न क्याम्पस सञ्चालनका लागि पहल भईरहेको बताउँदै उनले अब विकासको गतिलाई कसैले रोक्न नसक्ने बताए ।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद पदम गिरीले यातायातमा रहेको सिन्डीकेट र अहिले भईरहेको जग्गा दलालीको अन्त्यमा सरकार लागि परिरहँदा अनर्गल प्रचार भईरहको बताए ।


कार्यक्रममा बोल्दै मेयर पदमपाणी शर्माले नगरपालिकाको खेलकुदको पहिचान र विकासका लागि नगरपालिका स्तरीय मेयरकपको सुरुआत गरेको बताए । शर्माले खेलकुदको विकासले राष्ट्रको विकास हुने भएकोले खेलप्रेमी युवाहरुको आग्रह र नगरपालिकाको सहयोगले नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एवं प्रथम मेयर कप खेलकुद कार्यक्रम सम्भव भएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!