कोदोको उत्पादन क्षेत्र बाँझोमा परिणत हुँदै (भिडियो)

Posted on: 12 Dec, 2019


पर्वत । पर्वतमा कोदो उत्पादन हुने क्षेत्र बाँझोमा परिणत भएको छ । कोदो उत्पादन हुँने क्षेत्रमा  बाँदरको आतंक हुन थालेपछि स्थानीय किसानहरु निरुत्साहित भएका हुन् । बढ्दो बसाईसराई र युवा पुस्तामा कोदोको परिकार लोकप्रिय हुन नसक्दा कोदो विस्थापित हुन थालेको हो ।

कोदोलाई खानाको रूपमा प्रयोग गर्नुपर्ने ठाउँमा घरेलु मदिरा बनाउन प्रयोग ह्ुन थालेपछि कोदोको उत्पादनमा ह्रास आएको हो । बाँदरको आतंक र तराईबाट बोरामा चामल आउन थालेपछि कोदो खेती विस्थापित भएको स्थानीयबासी बताउँछन् । 

पर्वतको २८ हजार ५९२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये ८०० हेक्टरमा कोदो खेती हुने गरेको कृषि ज्ञान केन्द्र कार्यालय पर्वतको तथ्याङ्क छ। 

कतिपय ठाउँमा विभिन्न समस्याका कारण कृषकहरूले कोदो खेती छोड्दै गएको भए पनि पछिल्ला तीन वर्षयता कोदो लगाउने कृषकहरूको संख्या क्रमशः बढ्दै गएको बरिष्ठ कृषिविकास अधिकृत बासुदेव रेग्मीले बताए ।

चिकित्सा विज्ञानले खाद्यान्नको रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ ।  कोदोमा चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीहरूका लागि कोदो राम्रो मानिन्छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्ट लगायतका तत्वहरु  पाइन्छ। तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिन्छ।

। 



यस बिषयमा तपाइको प्रतिक्रिया...!