बैंकिङ कसुरका फरार प्रतिबादी पर्वतको माझफाँटबाट पक्राउ

Posted on: 23 Sep, 2020

पर्वत- बैंकिङ कसुरमा उच्च अदालत बुटवलबाट सजाय सुनाइएका फरार प्रतिबादी पर्वतबाट पक्राउ परेका छन । पर्वतको जलजला गाउँपालिका २ का ३० बर्षिय कृष्णबहादुर कार्कीलाई सोमबार जिल्ला प्रहरी कार्यालय पर्वतले उनैको गाउँवाट पक्राउ गरेको हो ।

पक्राउ परेका कार्कीलाई पर्वत जिल्ला अदालतमा पेश गरि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

उच्च अदालत बुटवलले २०७६ वैशाख ८ गतेको फैसलाले ६ महिना कैद र ९ लाख ९० हजार रुपैया जरिवाना तोकिएको थियो ।

अदालतको फैसला पछि कैद भुक्तान नगरी हाल सम्म फरार सुचीमा रहेकाले जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरिक्षक सुवेदीले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!