कुश्माको बजेट साढे १६ करोड

Posted on: 06 Jan, 2017

पुस २२, पर्वत । कुश्मा नगरपालिकाको चौथो नगरपरिषद्ले आगामी आव ०७४÷०७५ का लागि रु १६ करोड ४० लाख ४२ हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । 

नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिंह गुरुङले आगामी आर्थिक वर्षको बजेट, निति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गर्नुभएको हो । सोअनुसार पुँजीगत बजेटतर्फ रु नौ करोड १ लाख १९ हजार छ सय र चालुतर्फ रु सात करोड ३९ लाख २२ हजार छ सय विनियोजन गरिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!