यस्तो छ धौलागिरीको स्थानीय पुर्नसंरचना

Posted on: 10 Jan, 2017

महेन्द्र केसी , पर्वत । पर्वतमा २ नगरपालिका सहित सात वटा स्थानीय तह हुने भएका छन् । स्थानीय निकायको पुनःसंरचना गर्न गठित ‘गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले  शुक्रबार सरकारलाई बुझाएको प्रतिबेदनमा पर्वतमा दुइ नगरपालिका र ५ गाउँपालिका गरी सात वटा स्थानीय तह  बनाउने प्रतिबेदन बुझाएको छ । 


आयोगले बुझाएको प्रतिबेदनमा कुस्मा नगरपालिका, फलेवास नगरपालिका  र गाउँपलिकामा जलजला गाउँपालिका, पैयुँ गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका, र विहादी गाउँपालिकाको सिमांकन तथा खाका तयार पारी पेश गरेको छ ।


त्यसैगरी यता बाग्लुङमा चार नगरपालिका सहित ९ वटा स्थानीय तह हुने भएका छन् ।  आयोगले बुझाएको प्रतिबेदनमा गल्कोट नगरपालिका, जैमुनी नगरपालिका, ढोरपाटन नगरपालिका  र बाग्लुङ नगरपालिकाको प्रस्ताब पेश गरिएको छ भने गाउपलिकामा  काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका र वरेङ गाउँपालिका को प्रतिबेदन पेश गरिएको छ । 


यता म्याग्दीमा ६ वटा स्थानीय तह हुने भएका छन् । एक नगरपालिका र ५ गाउँपालिका सहित ६ वटा स्थानिय तह हुने भएका हुन् । आयोगले बुझाएको प्रतिबेदनमा  बेनी नगरपालिका  तथा अन्नपूर्ण गाउँपालिका, धौलागिरि गाउँपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिका र  रघुगंगा  गाउँपालिकाको खाका पेश गरिएको छ । मुस्ताङमा ५ वटा स्थानीय तहको खाका तयार पारीएको छ । मुस्ताङमा नगरपालिका एउटा पनि नबन्ने भएको छ । बन्ने स्थानीय तहमा पाँच वटै गाउँपालिका हुने भएका छन् । आयोगले सिफारिस गरेको प्रतिबेदनमा  घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, लोमन्थाङ गाउँपालिका, र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाको खाका तयार पारिएको छ ।


आयोगले बुझाएको स्थानीय तहको प्रतिबेदनमा देशभर ७१९ वटा स्थानीय तह हुने भएका छन् ।  सरकारलाई बुझाइएको प्रतिवेदनमा चार महानगरपालिका, १२ उपमहानगरपालिका, २४१ नगरपालिका र ४६२ गाउँपालिका गरी ७१९ स्थानीय तहको व्यवस्था गरिएको छ भने वडाको संख्या छ हजार ५५३ रहेको छ ।

प्रतिवेदन तयार गर्ने क्रममा आयोगले मुलुकभर ५० हजारभन्दा बढी सरोकारवाला व्यक्तिसँग छलफल गर्नुका साथै भौगोलिक सूचना प्रणालीका आधारमा तय गरेको जनाएको छ । अधिकार सम्पन्न स्थानीय तहको व्यवस्था गरिएको उक्त प्रतिवेदन १६ भाग एक हजार ७१८ पृष्ठ रहेको छ । प्रतिवेदनमा हाल स्थानीय तहको मात्र व्यवस्था गरिएकामा दोस्रो चरणमा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको व्यवस्था गरिने आयोगले जनाएको छ ।

आयोगले सरकारलाई बुझाएको स्थानीय तहसम्बन्धी प्रतिवेदन एक हजार ७ सय १८ पृष्ठको छ । सात सय १९ वटा स्थानीय तहको नक्सासहितको प्रतिवेदन तयार गरिएको छ । नीलो रङको गाताले ढाकिएको प्रतिवेदन नेपाली कागजमा तयार छ ।

अब स्थानीय निकायको हैसियत के हुन्छ ?

स्थानीय तह पुनर्संरचना आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण गरेपछि विद्यमान स्थानीय निकाय स्वतः विघटन हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ३०३ को उपधारा (१) अनुसार आयोगले स्थानीय तहको संख्या र सीमा निर्धारण भएपछि स्वतः स्थानीय निकाय विघटन हुनेछन् । तर, त्यसका लागि सरकारले राजपत्रमा प्रकाशित गरी आधिकारिकता भने प्रदान गर्नुपर्छ ।


आयोगको प्रतिवेदनपछि स्थानीय निकायको निर्वाचन भएमा निर्वा्चित पदाधिकारी भूगोलविनाका हुनेछन् । ‘स्थानीय पुनर्संरचना आयोगले स्थानीय तहको सीमा र संख्या निर्धारण गरी प्रतिवेदन सरकारलाई बुझाएपछि सरकारले राजपत्रमा प्रकाशित गर्नुपर्ने हुन्छ र त्यसपछि स्वतः कार्यान्वयनमा जाने भएकाले स्थानीय निकाय रहँदैन,’ आयोग सदस्य सुनीलरञ्जन सिंहले भने । उनका अनुसार त्यस्तो अवस्थामा स्थानीय निकायको निर्वाचन भए पनि ती पदाधिकारी भूगोलविनाका हुनेछन् ।

हाल पाइरहेका सेवासुविधा अझ सहज रुपमा पाउने र सक्षम स्थानीय तह हुनुपर्ने आवश्यकताबीच सन्तुलन कायम गरी स्थानीय तहको सङ्ख्या  निर्धारण गरिएकोछ । आयोगले तोकेको जनसंख्यालाई गाँउपालिकामा गाभिने गाविसको जनसंख्या सहित आवश्यक प्रक्रिया सुरु गरिने छ । जनताले पाइरहेका सेवामा कमी नहुने गरी वडा वा संयुक्त वडा सेवा केन्द्रबाट र यसअघि केन्द्र, क्षेत्र र जिल्लाबाट पाइरहेका अधिकार समेत सम्बन्धित स्थानीय तहको केन्द्रबाट प्रदान गर्ने गरी संरचनागत र संस्थागत व्यवस्थाको सिफारिस समेत आयोगले गर्ने प्रवक्ता डा पौडेलले जानकारी दिनुभयो ।नेपालको संविधानको   धारा २९५ को उपधारा ३० अनुसार गत वर्ष चैत १ गतेको मन्त्रिपरिषद् बैठकले प्रदेशको सीमाङ्कनसम्बन्धी विषयमा सुझाव दिन ‘सङ्घीय आयोगको गठन’ गरेको थियो । 


पर्वत : ७

नगरपालिका (२) : कुस्मा नगरपालिका, फलेवास नगरपालिका

गाउँपालिका (५) : जलजला गाउँपालिका, पैयुँ गाउँपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका, विहादी गाउँपालिका


बाग्लुङ - ९

नगरपालिका (४) : गल्कोट नगरपालिका, जैमुनी नगरपालिका, ढोरपाटन नगरपालिका, बाग्लुङ नगरपालिका

गाउँपालिका (५) : काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका, ताराखोला गाउँपालिका, निसीखोला गाउँपालिका, बडिगाड गाउँपालिका, वरेङ गाउँपालिका


म्याग्दी - ६

नगरपालिका (१) : बेनी नगरपालिका

गाउँपालिका (५) : अन्नपूर्ण गाउँपालिका, धौलागिरि गाउँपालिका, मंगला गाउँपालिका, मालिका गाउँपालिका, रघुगंगा  गाउँपालिका


मुस्ताङ  ५

गाउँपालिका (५) : घरपझोङ गाउँपालिका, थासाङ गाउँपालिका, दालोमे गाउँपालिका, लोमन्थाङ गाउँपालिका, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका


यस बिषयमा तपाइको प्रतिक्रिया...!