अब १० लाखभन्दा बढी रकमको कारोबारमा अनिवार्य चेक प्रयोग गर्नुपर्ने

Posted on: 05 Feb, 2017

माघ २३, काठमाडौं । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब अनिवार्य चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगदर कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् ।

‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यसबारेमा राष्ट्र बैंकले परिपत्र जारी गर्दै,’ डेपुटी गभर्नर चिन्मणाी शिवाकोटीले भने । उनले नगद कारोबारभन्दा प्रणालीको प्रयोग गरेर गरिएको कारोबार बढी सुरक्षित हुने र भारतमा जस्तै नोटबन्दी गर्नुपर्ने अवस्था आएमा पनि समसया नहुने भएकोले साथमा पैसा राख्ने बानी हटाउन पनि सर्वसाधारणलाई आग्रह गरे ।

यसअघि ५० लाखभन्दा बढी रुपैयाँको कारोबार गर्दा मात्रै चेक मार्फत् हुनै पर्ने व्यवस्था रहेकोमा यो सीमा घटाएर ३० लाखमा झारिएको थियो । तर, केही दिनभित्र नै १० लाखभन्दा बढिको कारोबार गर्दा अनिवार्य चेक मार्फत् हुनुपर्ने व्यवस्था लागु हुने भएको हो ।

चेक मार्फत् कारोबार गर्ने सीमा घट्दा बैंकिङ प्रणालीमा पनि पुँजी भित्रिने अपेक्षा राष्ट्र बैंकको रहेको छ । अहिले पनि बैंकिङ प्रणाली बाहिर सर्वसाधारण, सहकारी लगायतको साथमा रहेको रकम ३ खर्बभन्दा धेरै छ । यता, बैंकिङ प्रणालीमा भने पुँजी नबढ्दा बैंकहरुले कर्जा लगानी योग्य रकमको अभाव झेल्दै आएका छन् ।

१ अर्बको भारतीय रुपैयाँ आउँदै

भारतीय नोटबन्दीपछि ५ सय र १ हजार बाहेकका अन्य दरका भारतीय नोट समेत सजिलै नपाइरहेको सर्वसाधारणले अब सजिलै भारु नोट पाउँने भएका छन् । राष्ट्र बैंकले केही समयभित्रमा नै १ अर्ब भारु भित्र्याउन लागेको समेत जानकारी दिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!