पर्वत, बागलुङ, र म्याग्दीका नगरपालिकामा को को खटिए अधिकृत ?

Posted on: 20 Mar, 2017

पर्वत । स्थानीय विकास मन्त्रालयले मुलुकका पाँच उपमहानगर सहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको छ । यसैक्रममा बागलुङका चार, पर्वतका दुई र म्याग्दीको १ गरी ७ नगरपालिकाहरुमा निम्नानुसार कार्यकारी अधिकृतहरु खटिएका छन् ।

बागलुङ जिल्लाका बागलुङ, गल्कोट, ढोरपाटन र जैमिनी नगरपालिकाहरुमा क्रमश सुवास कुमार लामिछाने, प्रदिपचन्द्र सुवेदी, रामप्रसाद आचार्य र विष्णुप्रसाद सुवेदी कार्यकारी अधिकृत रहेका भने पर्वत जिल्लाको कुस्मा नगरपालिकामा हिरामणी सुवेदी र फलेवास नगरपालिकामा मोतिराम सापकोटा खटिएका छन् । उता म्याग्दी जिल्लाको एकमात्र बेनी नगरपालिकामा विश्वामित्र कुईँकेल कार्यकारी अधिकृतमा आउने भएका छन् ।

बागलुङ जिल्लाका ६ गाउँ पालिकाहरुमा मन्त्रालयले अधिकृत खटाएको छ । जस अनुसार ताराखोला शान्ति पौडेल, काठेखोला सीतादेवी न्यौपाने, बरेङ बैकुण्ठ पौडेल, बडीगाड विनोद कुमार कोईराला, निसीखोला सन्जय अधिकारी र तमान खोला खिमबहादुर बिक अधिकृत खटिएका छन् । 

पर्बत जिल्लाका जलजला गापामा सिता पोख्रेल अर्याल ,मोदी गाउँपािलकामा कुमान सिह गुरुङ , बिहादी गाउँपालिकामा चन्द्र देव जोशी ,पैयूँ गाउँपालिकामा कल्पना खनाल बस्नेत ,माहासिला गाउँपालिकामा बष्णु माया ढकाल अधिकृत खटिएका छन् ।

स्थानीय तहको कार्यन्वयनमा आएसागै धौलागिरीका विभिन्न जिल्लामा आन्दोलनहरु शुरु भएका छन् । पर्वतको जलजलाका बासिन्दा हप्ता दिनदेखि आन्दोलनमा होमिएका छन् भने म्याग्दीमा पनि आन्दोलन चरिरहेको छ । त्यस्तै मुस्ताङमा पनि आन्दोलन चर्किएको छ । स्थानीय तह कार्यन्वयनमा आउनु सकरात्मक भएता पनि तोकिएको गाउँपालिकाको केन्द्र शक्ति र पहुँचका आधारमा भएको भन्दै मध्यभागमा केन्द्र कायम गरिनुपर्ने भन्दै स्थानीयबासी आन्दोलित भएका हुन । 

पर्वतमा चरणबद्ध आन्दोलनमा जुटेका जलजला गाउँपालिकाका बासिन्दाहरुले गाउँपालिकाको काम कारवाही ठप्प पार्ने चेतावनी दिदै आएका छन् । स्थानीय तह नागरिकलाई सास्ती दिनको लागि नभर्ई सेवा र पहुँच विस्तार गर्नको लागि भएको तर शक्तिको भरमा जनतालाई थप मारमा पार्न खोजिएको भन्दै उनीहरु आन्दोलनमा होमिएका हुन् ।

पर्वतको मोदी गाउँपालिकाको केन्द्र देउपुर गाविसको गाविस भवनमा तोकिएता पनि अन्य ६ गाउँ विकास समितिका बासिन्दाहरुले विरोध जनाइरहेका छन् । राजनीतिक दलहरुले पनि त्यसको चर्को विरोध गर्दै केन्द्र नागरिकहरुको पहुँच पुग्ने र सहज ठाउँमा राख्नुपर्नेमा जोड दिदै आइरेहका छन् । 

यता विहादी गाउँपालिकामा पनि केन्द्रको विवाद कायम छ । कुर्घा ८ र ९ वडाका बासिन्दाहरु आफूलाई टुक्राएर नगरपालिका बाहिर लगिएको भन्दै त्यसको विरोधमा उत्रिएका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!