बैशाख दोस्रो साता २,१३,९८४ संकलन

Posted on: 01 May, 2017


प्रसिद्ध ऐतिहासिक बागलुङ कालिका भगवती मन्दिरमा बैशाख महिनाको दोस्रो साता जम्मा रु २ लाख १३ हजार ९ सय ८४ संकलन भएको छ ।
संकलित रकमको बिवरण अनुसार ८ गते ३४ हजार ९ सय ९५ रुपैयां, ९ गते ६५ हजार ५ सय ५४ रुपैयां, १० गते १६ हजार ७ सय ९० रुपैयां, ११ गते २२ हजार ७ सय १५ रुपैयां, १२ गते ४६ हजार ४० रुपैयां, १३ गते ८ हजार ६ सय ५ रुपैयां तथा १४ गते १९ हजार २ सय ८५ रुपैयां जम्मा भएको छ । बैशाख महिनामा भक्तजन एवं दर्शनार्थिहरुको आगमन बागलुङ कालिका मन्दिरमा बढ्दै गैरहेको पाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!