बागलुङ कालिकामा बैशाखको भेटी साडे ११ लाख

Posted on: 17 May, 2017

प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा बैशाख महिनामा ११ लाख ६१ हजार ७ सय ४५ रुपैयां संकलन भएको छ । यसै गरी यो महिनामा जम्मा रु ७४ हजार ८ सय ८७ रुपैयां खर्च भएको छ । 

बैशाख महिनाभर भएको आम्दानी बिवरण अनुसार भेटी ६ लाख ९८ हजार ३० रुपैयां, आर्थिक सहयोग २५ जनाबाट ३ हजार ५ सय ५० रुपैयां, चामल विक्रि १ सय १० पाथिबाट २२ हजार रुपैयां, बोका  १ सय १२ विक्रीबाट ८० हजार ५ सय २० रुपैयां, कुखुरा मुढ १ सय १४ विक्रीबाट ४ हजार ७ सय ९५ रुपैयां, कपडा विक्री २ हजार ४ सय ५० रुपैयां, तेल ५६ पोका विक्री २ हजार ८ सय रुपैयां, रांगो मुढ २ विक्रीबाट १ हजार ७ सय रुपैयां, परेवा बिक्री ८ सय साडे ५ जोडी विक्रीबाट ३ लाख ३४ हजार ६ सय रुपैयां, तथा सिक्का सटहीबाट ११ हजार ३ सय रुपैयां जम्मा भएको छ । 

यसै गरी बैशाख महिनामा भएको खर्चको बिवरण अनुसार खाद्यान्न तर्फ १९ हजार १ सय १२ रुपैयां, सरसफाई सामाग्री आदीमा ६ हजार ३ सय ८० रुपैयां, हतियार मर्मत १ हजार ५ सय रुपैयां, अविर टिका ३ हजार ४ सय २० रुपैयां तथा बिद्युतिय सामाग्री खरिद तथा मर्मत तर्फ ४४ हजार ४ सय ७५ रुपैयां खर्च भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!