कुश्मा–बलेवा यान्त्रिक पुलले अठार प्रतिशत लाभांश बाँड्ने

Posted on: 28 Aug, 2017

भदौ १२,पर्वत । पर्वतको सदरमुकाम कुश्मादेखि छिमेकी जिल्ला बागलुङको बलेवा जोड्नेबाट कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले गएको आवको नाफाबाट १८ प्रतिशत लाभांश शेयर धनीलाई वितरण गर्ने भएको छ । 

उक्त लिमिटेडले आव २०७३/७४ मा रु ९० लाख ४७ हजार ३९४ मुनाफा वितरण गर्न लागेको हो । 

लिमिटेडको शनिबार सम्पन्न छैटौँ साधारणसभाले यस वर्ष १८ प्रतिशत मुनाफा वितरण गर्न स्वीकृति दिएको छ । साधारणसभाले स्वीकृति दिएपछि रु ९० करोड ४७ हजार मुनाफा वितरण गर्ने लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो । “यस वर्ष लगानीकर्तालाई १८ प्रतिशत मुनाफा वितरण गर्न साधारणसभाबाट स्वीकृत गरिएको छ”, उहाँले भन्नुभयो । यान्त्रिक पुलमा मुलुकका प्रतिष्ठित व्यवसायीदेखि कुश्मा र बलेवा क्षेत्रका ४६२ सर्वसाधारणले लगानी गरेका छन् । गत वर्ष २० प्रतिशत मुनाफा वितरण गरेको थियो । 

पुलबाट दैनिकजसो ५०० सर्वसाधारणले ओहोरदोहोर गर्दै आएका छन् । पुल निर्माणबाट वृद्ध, सुत्केरी, अपांगता भएका व्यक्तिले सबैभन्दा बढी फाइदा लिएको सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो । 

पुलमा यात्रा गर्ने बलेवा क्षेत्रका बासिन्दाले एकतर्फी यात्रा गरेको रु ८५ तिर्नुपर्ने भएको छ भने अन्यत्र क्षेत्रका यात्रुहरु बलेवा जानका लागि रु ११४ तिर्नुपर्र्ने हुन्छ ।रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!