खौलालाकुरीमा नेपाल वैंकको वित्तीय साक्षरता

Posted on: 15 Jun, 2019

पर्वत । हरेक नागरिकलाई वैंकको पहुँचमा पु¥याउने नेपाल सरकारको अभियान अन्तरगत नेपाल वैंक लिमिटेड जिल्ला शाखा पर्वतले खौला लाकुरीमा वित्तिय साक्षरता अभियान संचालन गरेको छ ।

कुश्मा नगरपालिका १३ खौलालाकुरीमा वैंकले शनिबार वित्तिय साक्षरता अभियान संचालन गरेको हो ।

‘एक व्यक्ति एक खाता‘ सरकारको अभियान अन्तरगत वैंकले वडा कार्यालयको सहकार्यमा समृद्ध नेपाल बचत खाता मार्फत हरेक नागरिकको पहुँच पु¥याउने अभियानका साथ साक्षतरता अभियान संचालन गरेको हो ।

 


नेपाल वैंक लिमिडेट प्रादेशिक कार्यालय प्रमुख विनय केशरी पौडेल वित्तिय साक्षरता स्थानीय सर्वसाधरणलाई जानकारी गराएका थिए । वैंकले दिने सेवा सुविधा र त्यसको प्रवाहबारे उनले कार्यक्रममा प्रकाश पारेका थिए ।

वडा अध्यक्ष जंगबहादुर केसीले वडामा रहेका सवै सर्वसाधरणलाई वैकिङ प्रणालीमा जोडिन प्रेरित गर्ने बताए । उनले सरकारले ल्याएको एक व्यक्ति एक खाता अभियान अन्तरगत नेपाल वैंकले संचालन ल्याएको समृद्ध नेपाल वचत खाता अभियानमा सक्रिय सहभागी हुन आफूले पहल गर्ने प्रतिवद्धता जनाए ।


नेपाल वैंक कुश्मा शाखा प्रबन्धक नवराज दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य, विभिन्न राजनीतिक दलका प्रतिनिधि, खौलालाकुरी माविका प्रधानाध्यापक मीना कुमारी भण्डारी लगायत पाँच सय जना स्थानीयहरुको सहभागिता रहेको थियो ।

वैंकले समृद्ध नेपाल वचत खाता वैंकमा पहुँच नभएका नागरिकहरुको लागि निशुल्क खाता खोलिदिने र वैंकले नै एक सय रुपैयाँ जम्मा गरिदिने जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!