गौरक्षामा स्थानीय सरकारको चाँसो

Posted on: 15 Jun, 2020


महेन्द्र केसी/पर्वत । गौ रक्षाका लागि स्थानीय सरकारले चाँसो देखाएको छ । नगरपालिकाको वडा नम्बर ७ को भण्डारी वनमा गौशला तयार पारिएको हो ।

कुश्मा नगरपालिका क्षेत्रमा रहेका छाडा पशुपंक्षीको व्यवस्थापनका लागि कुश्मा नगरपालिकाले गौशाला निर्माण गरेको हो । बजारमा छाडा छोडिएका गाईहरुका कारण बाली नोक्सान र सडक दुर्घटनाको खतरा बढिरहेको बेलामा नगरपालिकाले गाईको व्यवस्थापनको लागि जग्गा भाडामा लिएर गौशाला तयार पारेको हो । 

प्रति वर्ष ४० हजार भाडा तिर्ने गरी  १ सय ५० रोपनी जग्गा भाडामा लिएर गौ संरक्षणमा नगरपालिका लागेको कुश्मा नगरपालिका ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिए । कुश्मा नगरपालकिा वडा नम्बर ७ को संयोजन तथा स्थानीयको जनश्रमदानमा गौशाला निर्माण गरिएको हो ।

१५० रोपनी चरन क्षेत्र

१ सय ५० रोपनी क्षेत्रमा पशुपंक्षीलाई चरन क्षेत्र र बस्नका लागि गोठ बनाइएको उनले बताए । कुश्मा आसपासका क्षेत्रमा छाडा छोडिएका पशुपंक्षीले स्थानीयको बालीमा नोक्सानी गर्न थालेपछि तीनको व्यवस्थापनाका लागि गौशाला निर्माण गरिएको पौडेलको भनाई छ ।

हालसम्म बजारमा छाडा छोएिका एक दर्जन गाईलाई गौशालामा राखिएको छ । कुनै व्यक्तिले विभिन्न कारणले गाईले उत्पादन दिन नसकेको अवस्थामा गौशालामा ल्याउन सक्ने व्यवस्था पनि मिलाइएको वडा अध्यक्ष शर्माको भनाई छ । 

धार्मिक पर्यटकीय क्षेत्र बनाउने

हामीले यसलाई दिगो रुपमा नै लाने सोच बनाएका छौं । गौशालालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै लैजाने सोच बनाएका छौं उनले बने । हिन्दु धर्मअनुसार गाईलाई भगवानको विभिन्न रुपमा मानिएको र गाईको मलमुत्र समेत अमुल्य मानिएको हुनाले कम्तिमा गौदान गर्न चाहाने र गाईलाई दाना खुवाउन चाहाने व्यक्तिहरुको लागि लक्षित गरी धार्मिक पर्यटकीय हिसाबले अगाडी बढाउने सोच बनाएको उनले बताए ।

अहिले गाईको हेरचाह नगरपालिकाले आफै गर्ने र निकट भविष्यमै त्यसबारेमा  नयाँ सोचका साथ अगाडी बढ्ने उनले बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!