बिश्वकै लामो झुलुङ्गे पुल सर्वसाधारणका लागी खुल्ला (५ तस्विर)

Posted on: 01 Aug, 2020

सचिन्द्र श्रेष्ठ | साउन १७, पर्बत | कुस्मा नगरपालिका १ अदुवाबारीदेखी बाग्लुङ नगरपालिका १ बांगेचौर जोड्ने बिश्वकै लामो भनेर दाबी गरिएको झोलुङ्गे पुल यही साउन १६ गते देखी सर्वसाधारणको लागि खुला गरिएको छ ।

६१२ अर्थात ८५ मेट्रिक टन क्षमता भएको ५६७ मिटर लामो यस पुल ११ करोड़ लागतमा सम्पन्न भएको हो । यो पुल २०७७ बैशाख मै सम्पन्न भई सर्बसाधरणलाई खुला गर्ने भनिए पनि कोरोना महामारीका कारण खुल्न सकेको थिएन । हाल आएर पर्बत र बाग्लुङको समन्वयमा पुल संचालनमा आएको छ ।


तस्बिर: लक्ष्मण लक्ष्य

यस बिषयमा तपाइको प्रतिक्रिया...!